८ बैशाख २०८१, शनिबार
Follow Us

बेलायतमा अभिनेता दीपक क्षेत्रीलाई एकै दिनमा दुई लाख संकलन

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०७३, बिहीबार ०९:३४

लन्डन । दार्जलिङमा सम्पन जीबन बिताएको परिवारको एक सदस्य आज आफ्नो जीबन रक्षाको लागी सबैसंग आर्थिक सहयोगको लागी हात फैलाउन पर्छ भनेर । फिल्मी कथा जस्तो लाग्ने यो वास्तविक कथाका पात्र हुन अभिनेता दीपक क्षेत्री । उनी बिगत चार बर्षदेखी घाँटीमा मासु पलाउने रोगबाट पीडित छन् ।

नेपाली चलचित्र क्षेत्रका उनै चर्चित अभिनेता दीपक क्षेत्रीको उपचारको लागी क्षेत्री समाज बेलायतको पहल तथा बिभिन्न संघसंस्था तथा सहयोगदाताहरुको संलग्नतामा आर्थिक संकलन कार्य शुरु भएको छ । गत शनिबारका दिन बिभिन्न संचार माध्यम तथा सामाजिक संजालहरुमा उनको मर्म स्पर्शी भिडियो अन्तर्वार्ता प्रकासित भएपछि बेलायतमा मंगलबार साँझदेखि शुरु गरिएको आर्थिक संकलन कार्यबाट बुधबारसम्ममा करिब दुइ लाख दश हजार रुपैया जम्मा भैसकेको र जम्मा हुने क्रम जारी रहेको कुरा सो समाजका आपतकालीन राहत कोष संयोजक प्रतिमा के सीले बताएकी छिन् ।

दार्जलिंगमा जन्मेर काठमाडौँमा आइ दर्जनौ नाटकहरु, थोरै भए पुगीसरी र चेतना जस्ता सफल टिभी सिरियल र झोला, अधिकार, मसान र दर्पण जस्ता सयौ चलचित्रमा जोडदार अभिनय गरेका दीपक क्षेत्री बिगत ४ बर्षदेखी घाँटीमा मासुको पलाएर बिस्तारै बोल्न नसक्ने अबस्थामा रहेका छन । आर्थिक अभाबको कारण उपचार गर्न नसकी सरकार तथा मनकारी सहयोगदाताहरुको सहयोगको पर्खाइमा रहेका छन्। भिडियोमा उनी भन्छन( सुजाता कोइरालाले र मैले एकै दिन निबेदन दिएका थियौं उनले ५० लाख पाइन र उपचार गरिन तर मैले केहि पनि पाइन । पहुँचवालाको सबै हुन्छ तर हामी जस्ता गरिब कलाकारको यहाँ केहि छैन ।

उनको भिडियो अपिल पछि संसारभरका नेपालहरुले सहयोग संकलन अभियान संचालन गरेका छन् । क्षेत्री समाज बेलायतको अगुवाइमा रकम संकलनका लागी समाजका अध्यक्ष धन बहादुर कुँवर, आपतकालीन राहत कोष संयोजक प्रतिमा के सी, सल्लाहकार भिम बानियाँ तथा रामशरण सिम्खडा र महासचिब राजन कुमार क्षेत्रीले सम्पूर्ण बेलायतबासी नेपालीलाई फेसबुक मार्फत आर्थिक सहयोगको लागि आह्वान समेत गरेका छन् ।