११ बैशाख २०८१, मंगलवार
Follow Us

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७३, शुक्रबार १४:३१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम १६० को उपनियम ४ बमोजिम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अविश्वासको प्रस्ताव सदन समक्ष पेस गर्नुभएको हो । सो प्रस्तावमा २८१ सांसद्को हस्ताक्षर रहेको सभामुख ओनसरी घर्तीले जानकारी गराउनुभयो । अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन ७, ८ र ९ गते निर्धारण गरेको जानकारी गराइन्।
आर्थिक वर्ष २०७३/०७४ बजेट संसदबाट अस्वीकृत भएको छ। एमाओवादी केन्द्र बजेटविरुद्ध उभिँदा आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक, ऋण तथा जमानत (२१ औं संशोधन) विधेयक संसदबाट पारित हुन नसकेका हुन्।
शुक्रबार संसदमा भएको मतदानमा ध्वनि मतबाट बजेट आश्रित विधेयकहरु अस्वीकृत भएका हुन्। आर्थिक विधेयक असफल हुँदा सरकार स्वतः अल्पमतमा परेको छ। नेपाली कांग्रेस, सरकार छोडेको माओवादी तथा मधेसी दलले विधेयकहरुका विरुद्धमा मतदान गरेका छन्।