१५ चैत्र २०८०, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०७३, बिहीबार १२:२०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । राष्ट्रपति निवास शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीको वैशाख ४ गतेदेखि हुने छिमेकी मुलुक भारतको राजकीय भ्रमणबारे छलफल भएको बताईएको छ ।
भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाइने विषयबारे पनि छलफल भएको जनाईएको छ । भारत भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हामिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।