१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोर्चा सहभागी नभए पनि तोकिएकै समयमा निर्वाचन: प्रधानमन्त्री

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०७३, बिहीबार १२:५१

काठमाडौं । पुष्पकमल दाहालले मधेशी मोर्चा सहभागी नभए पनि तोकिएकै समयमै निर्वाचन हुने बताएका छन् । काठमाडौंमा आयोजित पार्टी एकीकरण कार्यक्रममा प्रधानमन्त्री दाहालले मोर्चालाई सहमतिमा ल्याउन सरकारले हदैसम्मको लचकता अपनाएको भएपनि मोर्चा सहमतिमा नआएको गुनासो गरे । उनले निर्वाचनको माग गर्ने तत्वहरु नै अहिले निर्वाचन बिथोल्ने षडयन्त्रमा लागेको भन्दै त्यस्तालाई जनताले पाखा लगाउने बताए ।
कम्युनिष्ट पार्टीहरुको संयुक्त आन्दोलनबाट मात्र परिर्वतन सम्भव हुने भन्दै दाहालले सबैसँग एकताका लागि गृहकार्य भईरहको बताए । कार्यक्रममा टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रबिच एकताको घोषणा गरिएको थियो । सीपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएर टंक राईले नेपाल कम्युनिष्ट पार्टी खोलेका थिए । एकीकरणपछि टंक राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइने बताइएको छ ।