१४ बैशाख २०८१, शुक्रबार
Follow Us

खगेन्द्र जिसी परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकार नियुक्त

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०७३, बिहीबार १४:४९

न्यूयोर्क । नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको छ । एनआरएन अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहनु भएका क्षेत्रीलाई मन्त्री स्तरीय निर्णयबाट आजैबाट लागु हुने गरि अवैतानिक सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ ।
17911029_1511849985516384_1781716577_n

मन्त्रालयबाट जिसीलाई दिइएको पत्रमा परराष्ट्र मन्त्रालयको क्षेत्राधिकार अन्तर्गत पर्ने कानुनी तथा नीतिगत बिषयमा गैर आवासीय नेपाली संघ एवम् अन्य बिदेशस्थित नेपाली संस्थासंग समन्वय गरी परामर्श दिन समेत सल्लाहकारमा नियुक्त गरेको मन्त्रालयले जनाएको छ । जिसीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आर्जन गरेको कानुन सम्बन्धीको ज्ञानलाई नेपाल सरकारले कदर गर्दै नियुक्त गरेको समेत जनाएको छ ।
परारष्ट्र मन्त्रालयले बिदेशमा नेपालीको संख्या बढेसंगै पहिलो पटक एनआरएन सल्लाहकार नियुक्त गरेको हो ।