६ बैशाख २०८१, बिहीबार
Follow Us

संघीयताबारे अमेरिकी अनुभव

नेपालब्रिटेन डट कम्
३१ चैत्र २०७३, बिहीबार १५:०९

काठमाडौं । अमेरिकी राज्य न्युजर्सीका उपसभामुख गोर्डन एम जोनसन तथा संसदको वातावरण तथा भूसंरक्षण समितिका अध्यक्ष टिम इस्टेन्सनले अमेरिकी संघीयताबारे अनुभव सुनाए । ग्रामीण क्लब हाउसले आयोजना गरेको अन्तक्रियामा उपसभामुख जोनसन र अध्यक्ष टिमले उक्त अनुभव सुनाएका हुन् । संघीय कानुन, प्रदेश र स्थानीय तहबारे अमेरिकी अनुभव उनीहरुले सुनाएका थिए । संघीयता हतारमा भन्दा पनि धैर्य गर्न सके जनताको अधिकार सुनिश्चित हुने तथा विकासमा फड्को मार्न सकिने उपसभामुख जोनसनले बताए ।
उपसभामुख गंगाप्रसाद यादवको निमन्त्रणामा गत चैत २७ गते आएको भ्रमण टोलीले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलगायतसँग भेट गरेको थियो । उक्त टोली शनिबार फर्किने ग्रामीण क्लब हाउसका अध्यक्ष मुकुन्द सुवेदीले बताए ।