१२ बैशाख २०८१, बुधबार
Follow Us

विदेशमा बस्ने नेपाली प्रति आभारी छु — शेष घले

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७४, शुक्रबार ०९:३४

लन्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले संघको गतिलाई निरन्तरता दिन विदेशमा रहेका गैरआवासीय नेपालीहरुको सहयोग प्रति आभार व्यक्त गरेका छन् । घलेले नयाँ वर्ष २०७४ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै संघको अभियानलाई निरन्तरता दिदै संघको संजाल विस्तार, वैदेशिक रोजगार, पर्यटन प्रवद्र्धन, परोपकारी कार्यहरु, खुला विश्वविद्यालय, ज्ञान र सीपका कार्यहरु, नागरिकता निरन्तरता, महीला तथा युवा सम्बन्धि कार्यहरु भैरहेको जनाएका छन् ।

वक्तव्यमा ‘गैरआवासीय नेपाली संघले २०७३ सालमा महत्वपूर्ण कार्यहरु संचालन गरेको र नयां वर्षमा पनि यसको निरन्तरता रहिनै रहने छ। २०७२ सालमा गएको महाभूकम्पबाट ध्वस्त भएको लाप्राक गाविसलाई नेपाल सरकार र संघवीच सम्झौता भए अनुसार गुप्सीपाखामा वस्ती स्थानान्तरण गरेर करीव ५७३ वटा भवनहरु निर्माणका लागि नेपाली सेना, गैरआवासीय नेपालीहरु, स्वदेशी तथा विदेशी स्वयंसेवकहरु र स्थानीय समुदायको सहकार्य र सहयोगमा तिव्र रुपमा निर्माण सम्बन्धि कार्यहरु भईरहेका छन्। यसका साथ साथै संघको भवन निर्माण र एनआरएन शंखमुल परियोजना सम्बन्धि कार्यहरु भईरहेको’ जनाएका छन् ।

वक्तव्यमा ‘गैरआवासीय नेपाली संघको अभियानलाई निरन्तरता दिदै संघको संजाल विस्तार, वैदेशिक रोजगार, पर्यटन प्रवद्र्धन, परोपकारी कार्यहरु, खुला विश्वविद्यालय, ज्ञान र सीपका कार्यहरु, नागरिकता निरन्तरता, महीला तथा युवा सम्बन्धि कार्यहरुका साथै अन्य सरोकारका विषयहरुमा नेपाल सरकार र सरोकारवालाहरुसंग सहकार्य र समन्वयहरु भईरहेका छन्।

संघको गतिलाई निरन्तरता दिन विदेशमा रहेका गैरआवासीय नेपालीहरुले जुन सहयोग गरिरहनु भएको छ त्यस प्रति म सबैमा आभार प्रकट गर्दछु।

अन्त्यमा, नव वर्ष २०७४ को सुखद उपलक्ष्यमा विदेश र स्वदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुको उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना गर्दछु उल्लेख छ ।’