१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मध्यपूर्वका कामदारको समस्या समाधान गर्छौ : एनआरएन उपाध्यक्ष, कुमार पन्त

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७४, शुक्रबार १७:०४

लन्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले मध्यपूर्वमा कार्यरत नेपाली समूदायका समस्याको समाधानका लागि बिषेश पहल गरिने वताएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद ओमानले शुक्रवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पन्तले उक्त कुरा बताएका हुन् ।

उपाध्यक्ष कुमार पन्तले मध्यपूर्वमा रहेका नेपाली कामदारको समस्या बारे आफु पूर्णरुपमा जानाकार रहेका बताउदैं गैरआवासीय नेपाली संघले स्थापना गरेको वैदेशिक राहत कोषलाई अझ सशक्त वनाएर लैजाने प्रतिबद्धता जनाए ।

विश्वभरि छरिएर रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघले एउटै साझा सञ्जालमा आवद्ध गरेर लैजाने उदेश्यले मध्यपूर्वमा बिषेश अभियान संचालन गरिने जनाए ।

रोजगारी र राम्रो शिक्षाका लागि विदेशिएका नेपालीहरुसँग अहिले सीप, ज्ञान पूँजी रहेको उल्लेख गर्दै नेपाललाई सम्वृद्ध पार्ने लक्ष्य हाँसिल गर्न दक्ष जनशक्तिको खाँचो रहेको वताए । उनले वैदेशीक रोजगारीमा जाने नेपालीहरुलाई दक्ष बनाउन छुट्टै कार्यक्रम ल्याइने वताए ।

गैरआवासीय नेपाली संघ ओमानका अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा पन्तले एनआरएन अभियानमा गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद ओमानले खेलेको भूमिका प्रति आभार व्यक्त गर्दै ओमानवासी नेपालीलाई धन्यवाद दिए।

संस्थाका क्रियाकलापबारे जानकारी दिँदै उनले शंखमुलको बागमती किनारमा ३२ रोपनी जग्गामा दुई करोड रुपैयाँको लगातमा बगैँचा निर्माण, भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा एक हजार घर सहितको नमुना बस्ती निर्माण तथा तेस्रो एनआरएनएको आफ्नै भवन निर्माण कार्य भइरहेको जानकारी दिएका थिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ मध्यपूर्वका संयोजक डिबी क्षेत्रीले गैरआवासीय नेपाली संघको विश्वसम्मेलनमा ओमान एनआरएनको महत्वपूर्ण भूमिका रहने वताउदैं नेपालीको संख्याको कम भए पनि विश्वसम्मेलनमा शसक्त उपस्थिती जनाउन आग्रह गरे । उनले मध्यपूर्वमा रहेका नेपाली कामदारहरुको हकहितका लागि आफु सकृय भएर लाग्ने प्रतिबद्धता जनाए ।

17903425_10210247521042856_2966523547302998347_n