७ बैशाख २०८१, शुक्रबार
Follow Us

दुई दलद्वारा उम्मेदवार तय

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७४, शनिबार ०५:४७

नेपालगन्ज । नेकपा (एमाले)ले स्थानीय निर्वाचनमा कोहलपुर नगरपालिकाअन्तर्गतका वडामा उम्मेदवारी सार्वजनिक गरेको छ । सोअनुसार वडा नं १ मा गोपी खनाल, २ मा कर्णसिंह बिसी, ६ मा श्रीराम थारु, ७ मा चित्रबहादुर बोहोरा, ८ मा रेशम खत्री, ९ मा जीवलाल गिरी, १० मा पटवारी थारु, ११ मा कर्णबहादुर थापा,१३ मा ओमप्रकाश वली र १५ मा रामनारायण थारुलाई निर्वाचन टिकट दिइएको छ ।
त्यसैगरी जनमोर्चाले उपमहानगरपालिका र केही गाउँपालिकाका प्रमुखको उम्मेदवारी टुङ्गो लगाएको छ । प्रमुख पदमा नेपालगन्ज उपमहानगरपालिकामा किरणराज पाण्डे र कोहलपुर नगरपालिकामा बालकुमारी आचार्य तथा अध्यक्षमा खजुरा गाउँपालिकामा मोमिना खातुन, राप्तीसोनारी गाउँपालिकामा राजु चौधरी, नरैनापुर गाउँपालिकामा नूर मोहम्मद खाँ र डुडुवा गाउँपालिकामा शैजादअहिल नाउ उम्मेदवार बन्नुहुनेछ छ ।
स्थानीय निकाय निर्वाचनमा बाके जिल्लामा दुई लाख ४६ हजार ७८ मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्लाका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकामा एक लाख २५ हजार नौ सय ३९ पुरुष, एक लाख २० हजार एक सय ४१ महिला र एक तेस्रो लिङ्गीले मतदान गर्न पाउने छन् ।
यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार दोस्रो संविधानसभा सदस्य निर्वाचनमा भन्दा ४४ हजार मतदाता यो निर्वाचनमा अधिक छन् । “दोस्रो संविधानसभा सदस्य निर्वाचनमा दुई लाख नौ हजार एक सय ६७ जना मतदाता थिए”, निर्वाचन अधिकारी वसन्तराज अधिकारीको भनाइ छ ।