१५ बैशाख २०८१, शनिबार
Follow Us

जेठको दोस्रो साता ठूलै विपत्ती आइलाग्न सक्छ

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७४, शनिबार ०६:३४

काठमाडौं । नयाँ कामको सुरुवात गर्दा प्रायः ज्योषितको सल्लाहअनुसार लिने चलन नेपाली समाजमा विद्यमान छ । ज्योतिषी दृष्टिकोणले यो वर्ष कस्तो छ भन्ने विषयमा डा. ओजराज उपाध्याय लोहनीको विश्लेषण यस्तो छ । डा. लोहनीका अनुसार समग्रमा फागुनसम्म देशको अवस्था राम्रो रहने छ । डा. लोहनीले देशको ग्रहदशा यस्तो छ–
राजा, मन्त्री दुवै शुभ छन्, राजा बसेका वृहस्पति र बुधमा अलिकति तालमेल नमिलेको देखिन्छ, तर पनि शुभ ग्रहहरु आफैमा रहनु राम्रो कुरा हो । यो वर्षको राजा बुध हुन् । जसले गर्दा व्यवसायिक क्षेत्रमा मान्छेहरु उत्साहित छन् । वृहस्पति धर्मका अधिकारी मुद्रामा रहेका छन् ।
समग्रमा शुभ ग्रहको प्रभाव रहेको हुँदा समय समयमा सामान्य खण्डवृटि र अतिवृटि हुनसक्छ । समग्र राम्रो देखिए पनि शनि र मंगल परस्पर दृष्टि हुने र अन्य ग्रहहरु प्रतिकूल अवस्थामा रहेको हुँदा राजनीतिक रुपले ठूलै चलखेल हुने, अन्तर्राष्ट्रिय हस्तक्षेप हुने, समन्वयभन्दा आपसी द्वन्द्व बढी हुनसक्ने छ ।
विशेष गरी जेठको ६ देखि १४ गतेसम्मको अवस्था भनेको शनि र मंगलको परस्पर दृष्टि रहन्छ । त्यो अवस्थामा प्राकृतिक रुपमा ठूलै घटना घट्न सक्छ । दुःखद् र तनावको अवस्था आउनसक्नेछ । अविश्वमरणीय वा दुःखद् घटना आउनसक्छ । राजनीतिमा सत्ता परिवर्तनको ठूलै परिवन बन्नसक्छ ।
फागुन २६ पछिको समय अशुभ देखिन्छ । त्यसबाहेक यो वर्ष सकरात्मक वर्षका रुपमा रहनेछ । धर्मका नाममा राजनीति गर्नेहरु नांगिन्छन्, सच्चा धर्मालम्बीहरु अगाडि बढ्नसक्ने सम्भावना रहन्छ । त्यसैगरी प्रजातान्त्रिक शक्ति बलियो र अप्रजातान्त्रिक शक्तिहरु कमजोर हुँदै जानेछन् । नेपालले गति लिने पनि पनि यो वर्ष बन्नसक्छ । राष्ट्रको अहितकरलाई कमजोर बनाउने छ यो वर्षले । राष्ट्रको हित सोच्नेहरुले सभ्य समाज निर्माण गर्छन्, त्यसबेला हित सोच्ने र अहित चहानेबीच ठूलो मुठभेठ हुनसक्छ ।
समाजमा भड्काउपन सिर्जना हुने, प्राकृतिक विपत्ति आउन सक्ने भएकाले राष्ट्र सञ्चालकहरुले सचेत रहनुपर्छ । जेठको ६ देखि १४ गतेसम्म नागरिक र राष्ट्र सञ्चालकहरुले सचेत रहनु बुद्धिमानी हुन्छ ।