१३ बैशाख २०८१, बिहीबार
Follow Us

पुर्वी तराईमा एकाएक मौसम परिवर्तन, इटहरीमा दिउँसै अँध्यारो

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७४, शनिबार १०:१२

सुनसरी । आकासमा कालो बादल लागेर हावाहुरी चल्न थाल्दा इटहरी आसपासको क्षेत्र दिउँसै अँध्यारो बनेको छ । सडकमा सवारी साधनहरु बत्ती वाल्दै गुडिरहेका छन् भने पैदल यात्रीहरु हतार हतार गन्तव्य तर्फ लागिरहेका छन् । यसअघि, पुर्वी तराईमा मौषममा एकाएक परिवर्तन आइ केही ठाउँमा विहानै असिना सहितको पानी परेको थियो भने अहिले इटहरी लगायतका ठाउँहरुका कालो बादल र मेघ गर्जन सहित पानी परिरहेको छ ।
सुनसरी सदरमुकाम इनरुवा लगायतका ठाँउहरुका विहानै देखि असिना सहितको पानी परेको थियो । विहान ९ वजे पछि केही समयसम्म मौसममा सुधार भई घाम लागे पनि अहिले इटहरी लगायत पुर्र्वी उत्तरी क्षेत्रमा हावाहुरी सँगै मेघ गजर्नसहित पानी परेको हो । असिना सहितको पानीले तरकारी वाली र चिचिला लाग्न थालेका आँप लिच्ची लगायतलाई नोक्सानी पुर्‍याएको छ । जिल्लामा एक हजार भन्दा बढी हेक्टरमा तरकारी खेत रहेको र असिना पानीले १५ देखि २० प्रतिशत तरकारी वालीलाई नोक्सानी पुर्‍याएको अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सुनसरीले जनाएको छ ।