१३ बैशाख २०८१, बिहीबार
Follow Us

नारी उत्थान केन्द्र नारायणगढको शुभकामना आदान-प्रदान

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७४, शनिबार १६:५०

चितवन । नारी उत्थान केन्द्र नारायणगढले नव बर्ष २०७४ को अवसरमा शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम गरेको छ । सो कार्यक्रममा उद्योग बाणिज्य महासंघ नेपालको कार्यसमिति सदस्यमा निर्बाचित हुन सफल डाक्टर तिलचन्द्र भट्टराई , कल्याण जोशी तथा मिसेस चितवनमा सहभागि भई उत्कृष्ट १० भित्र पर्न सफल नारी उत्थान केन्द्रका धनु थापा र सुष्मा तामाङगलाई समेत सम्मान गरिएको छ । खादा माला र दोसल्लाले उहाहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै उद्योग बाणिज्य महासंघ नेपालको कार्यसमिति सदस्य तथा उद्योग बाणिज्य संघ चितवनका पुर्वअध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले हाम्रो देशमा न्यायाधिस, राष्ट्रपति, सभामुख संगै उद्योग बाणिज्य महासंघ नेपालको नेतृत्वकर्ताको रुपमा महिला आउनु शुःखद रहेको बताउनुभयो । साथै अब आउदा दिनमा आर्थीक समृद्धिका लागि सबै लाग्नुपर्ने बताउनुभयो । त्यस्तै अर्का निर्बाचित सदस्य कल्याण जोशीले उद्योग बाणिज्य संघले महिला संग हातेमालो गर्दे काम गरिरहेको बताउदै उहाले महिला क्रियाशिलता र बिकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । उद्योग बाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, मन्जु श्री असहाय संरक्षण केन्द्रकी अध्यक्ष मन्जु खाड , नारी उत्थान केन्द्र नारायणगढका सल्लाहकार रामलाल श्रेष्ठ लगायतको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी संस्थापक अध्यक्ष शान्ति प्रधानले व्यक्त गर्नुभएको थियो । गिता क्षेष्ठले सहजीकरण गर्नुभएको सो कार्यक्रम संस्थाकी अध्यक्ष पदमा श्रेष्ठको अध्यक्षतामा भएको हो ।
– सिर्जना अर्याल