८ बैशाख २०८१, शनिबार
Follow Us

७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७४, आईतवार ०९:१६

काठमाडौं । स्थानीय निर्वाचनका लागि आज ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिँदै छ । निर्वाचन आयोगले ७५ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्न यसअघि नै आवश्यक तयारी पुरा गरिसकेको छ । स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत शनिबार नै सम्बन्धित जिल्ला सदरमुकाम पुगिसकेका छन् ।
आयोगले ७ सय ४४ स्थानीय तहका लागि हुने निर्वाचनमा ७५ जना मुख्य निर्वाचन अधिकृत र अन्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ । काठमाडौंका निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृह, ललितपुरको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र भक्तपुरको भक्तपुर नगरपालिका नजिकै रहने छ । आयोगले ६ सय ६९ निर्वाचन अधिकृतको कार्यालय भने वैशाख १२ गते खोल्ने तयारी गरेको छ ।