१५ चैत्र २०८०, बिहीबार
Follow Us

विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको निधन

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७४, आईतवार ०९:२३

रोम । विश्वकै सबैभन्दा धेरै उमेरकी महिलाको निधन भएको छ । इटालीकी एमा मोरानोको १ सय १७ बर्ष १ सय ३७ दिनमा हिजो अर्थात् १५ अप्रिलमा मृत्यु भएको हो । २९ नोभेम्बर १८९९ मा जन्मिएकी मोरानोलाई उन्नाइसौं शताब्दीकी एक मात्र जीवित व्यक्ति मानिन्थ्यो । दुईवटा विश्वयुद्ध देखेकी एमाको पालामा इटालीमा नब्बेभन्दा बढी सरकार परिवर्तन भएको बताइएको छ ।
उनका एक मात्रै छोरोको समेत मृत्यु भइसकेको छ । उनीहरुको परिवारमै धेरै समय बाच्ने ‘जीन’ रहेको बताइएको छ । आठ भाईबहिनीमा सबैभन्दा जेठी मोरानोको ९० वर्षसम्म दैनिक तीन वटा अण्डा खान्थिन । उनकी आमा ९१ वर्षसम्म जीवित थिइन् भने केही बहिनी पनि सय वर्षसम्म बाँचेका थिए । उनको मृत्युपछि विश्वको सबैभन्दा बढी उमेरको जीवित व्यक्ति जमैकाकी भायोलेट ब्राउन्ड बनेकी छन् । उनको उमेर १ सय १७ बर्ष ३७ दिन छ ।