७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रपति भण्डारी भारत जाने र फर्कने दिन सार्वजनिक विदा

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७४, आईतवार १३:४५

काठमाडौं । सरकारले भोलि सोमबार र शुक्रबार सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणका लागि भोलि भारत जान लागेकाले जाने र फर्कने दिन विदा दिने निर्णय गरेको हो ।
राष्ट्रपति भण्डारी ३४ सदस्यीय टोलीसहित भारतको औपचारिक भ्रमणमा जाँदैछिन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सीतादेवी यादव लगायत छन् । मन्त्रिपरिषद बैठकले उनको भारत भ्रमणको तालिका पनि स्वीकृत गरेको छ । राष्ट्रपति भएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो ।
राष्ट्रपति भण्डारीले भारत बसाईको क्रममा समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्नेछिन् । उनले गुजरात र उडिसा राज्यको पनि भ्रमण गर्ने कार्यक्रम छ । यसअघि राष्ट्रपति भण्डारीको औपचारिक निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले गत कात्तिक २७ देखि २९ गतेसम्म नेपालको भ्रमण गरेका थिए । मुखर्जीको नेपाल भ्रमणमा पनि सरकारले सार्बजनिक विदा दिएको थियो ।