६ बैशाख २०८१, बिहीबार
Follow Us

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नहटाउन माग

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७४, आईतवार १३:४८

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘हिन्दू राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र’ पार्टीको विधानबाट हटाउने निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगलाई पुनः दवाव दिएको छ । एकपक्षीय ढंगले विधान नै परिवर्तन गरी पार्टीको सिद्धान्त र विचारमाथि प्रतिबन्ध लगाउने अलोकतान्त्रिक कदम चालेको भन्दै राप्रपाले त्यसलाई सच्याउन माग गर्दै आज पुनः आयोगलाई स्मरण–पत्र बुझाएको हो । राप्रपाले यस अघि पनि ज्ञापन–पत्र बुझाएर यसअघिको निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो ।
राप्रपाले आयोगको निर्णय पुनर्विचार ननभए सरकार छोडन बाध्य हुने चेतावनी दिँदै आएको छ । आयोगले भने संविधान प्रतिकूल रहेकाले राप्रपाको विधानबाट ति शब्द हटाउनु परेको बताउँदै आएको छ ।