१४ बैशाख २०८१, शुक्रबार
Follow Us

काठमाडौंमा पाँच लाख ५७ हजार मतदाता

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७४, आईतवार १३:५४

काठमाडौं । काठमाडौं जिल्लामा करिब पाँच लाख ५७ हजार तथा कामपामा दुई लाख ८४ हजार मतदाता रहेका छन् । काठमाडौंका तीन सय १९ मध्ये महानगरमा एक सय ५६ मतदानस्थल छन् । त्यस्तै काठमाडौंका सात सय ५४ मध्ये महानगरमा एक सय ७८ मतदान केन्द्र छन् ।
काठमाडौं जिल्लामा सबैभन्दा कम मतदानस्थल भएको नगरपालिका कागेश्वरी मनोहरा नगरपालिका बनेको छ । सो नगरपालिकामा १३ मतदानस्थल छन् । त्यस्तै सबैभन्दा कम मतदान केन्द्र भएको नगरपालिका दक्षिणकाली रहेको छ जहाँ २३ मतदान केन्द्र छन् ।
यसैबीच, काठमाडौं जिल्लाको मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले कार्यालय सञ्चालन गर्दै देश पूरै निर्वाचनमा लागिसकेको अवस्थामा यसमा बाधा पुग्ने काम कसैले गर्ने नहुने बताए ।
काठमाडौंका अन्य १० नगरपालिकामा भने निर्वाचन अधिकृतको कार्यालय रहनेछ । काठमाडौँका नगर क्षेत्रमा निर्वाचन सञ्चालनका लागि आवश्यक पर्ने सामग्री तथा जनशक्ति व्यवस्थापनको काम सोही कार्यालयबाट हुने प्रमुख निर्वाचन अधिकृत ढकालले जानकारी दिए । निर्वाचन सकिइसकेपछि कामपा क्षेत्रका मतपेटिका यसै स्थानमा तथा अन्य नगरपालिकाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याइनेछ ।