७ बैशाख २०८१, शुक्रबार
Follow Us

पक्राउ परेका वरिष्ठ पाइलट सुवर्ण अवाले धरौटीमा छुटे

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७४, आईतवार १४:२३

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट सुवर्ण अवाले ९६ लाख ९० हजार ४०८ रुपैयाँ धरौटीमा छुटेका छन् । अवाले गत चैत २८ गते अवैध डलरसहित विमानस्थलमै पक्राउ परेका थिए । काठमाडौं दुबई उडानका लागि विमानस्थल पुगेका वरिष्ठ पाइलट अवाले ९३ हजार ६०० डलरसहित पक्राउ परेका हुन् । एयरपोर्ट प्रहरीले उनलाई राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । उनीविरुद्ध अनुसन्धान भइरहेको र मुद्धा दायर हुन बाँकी रहेको विभागले जनाएको छ । अवालेको ठाउँमा नेपाल एयरलान्इसले महेशमान डंगोललाई क्याप्टेन बनाएर पठाएको छ ।