१३ बैशाख २०८१, बिहीबार
Follow Us

राष्ट्रपति भण्डारीलाई राज्यमन्त्रीको स्वागत

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार ०९:१७

नयाँदिल्ली । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्लीस्थित पुग्नु भएको छ ।
राष्ट्रपति भण्डारीलाई सो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बाल विकास राज्यमन्त्री कृष्ण राजले स्वागत गर्नुभएको छ । त्यसअघि विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उहाँलाई स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारी विमानस्थलबाट उहाँलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ लाग्नुभएको छ । राजकीय भ्रमणका पाहुनालाई मात्र राष्ट्रपति भवनमा राखिन्छ ।

शुक्रबारको सार्वजनिक विदा फिर्ता
राष्ट्रपति विद्या देवि भण्डारी भारत भ्रमण सकेर फर्किदा (शुक्रबार) सार्वजनिक विदा दिने निर्णय सरकारले फिर्ता लिएको छ । चर्को आलोचनापछि सरकारले सार्वजनिक विदा फिर्ता लिएको हो । राष्ट्रपति भण्डारी सोमबार भारतको भ्रमणमा गएकी छिन् र आज सोमबार विदा दिइएको छ । गृह मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति फर्किने दिन शुक्रबारको दिने भनिएको विदा फिर्ता लिइएको हो । राष्ट्रपति भण्डारी भारतिय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा पाँच दिने भारणमा निस्किएकी हुन् ।