८ बैशाख २०८१, शनिबार
Follow Us

लन्डनमा पत्रकारको नयाँ वर्ष भव्य (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार ११:२४

लन्डन । बेलायतमा रहेका नेपाली सञ्चारकर्मीले नयाँ वर्ष २०७४ भव्यरुपमा मनाए । हिजो आइतबार लन्डनस्थित फेल्थानमा शुभकामना साँझ तथा सांस्कृति कार्यक्रममा दर्जनभन्दा बढी सञ्चारकर्मी भेला भएर नयाँ वर्ष मनाएका हुन् ।

कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. दूर्गाबहादुर सुवेदीले पानसमा बत्ती बालेर गरेका थिए । डा. सुवेदीले नयाँ वर्ष २०७४ को शुभकामना मन्तव्यमा नेपाली वर्ष मनाउन अब नेपाल जान नपर्ने बताए । उनले विदेशमा नेपाली कला संस्कृति मैलाउदै आएको बताउदै नयाँ वर्षले खुशीसहित र नयाँ सम्भवना बोकेर आउने बताए । उनले यस्ता उत्सवले नेपालीबीच एकता, सहिष्णुता र भातृत्व विकास हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गोर्खा रेडियोका निर्देशक नरेन्द्र बस्नेतले स्वागत मन्तव्य दिए ।
कार्यक्रममा स्थानीय कलाकारले विविध संस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए । गायक सुजन पराजुली, दिव्यानी शर्मा, सुजाता काफ्ले, मन्दिरा प्रसाई, चाँद लामालगायतका कलाकारले आफ्नो प्रस्तुति दिएका थिए ।

गोर्खा अनलाइन रेडियोको आयोजनामा भएको कार्यक्रममा रश्मी गौतम, टिया आचार्य, बेन्सन बस्नेत, श्रया क्षेत्री, अमुल्य थापा, अतुल्य शाही, लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार नारायण गाउँले, रामशरण सिम्खडाले गजल र बिमला गौतमले कविता पाठ गरेका थिए । पत्रकार वाचस्पति रेग्मीको सम्पादनमा सुरु भएको सीमा—पारी डट कम समाचार प्रोटलको सुरुवात राजदूत डा. सुवेदी र पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपाङ्गीले गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ यूके पूर्वअध्यक्ष चिरन शर्मा, काउन्सिलर बिष्णु गुरुङ, गैरआवासीय नेपाली संघका संस्थापक चिरञ्जीवी ढकाल, समाजसेवी ध्रुव केसीलगायतको उपस्थिति थियो ।

17952582_1524958867515287_7203348509935680268_n

17952630_1524957260848781_7966652516875774670_n

17952773_1820732834914095_9158290737912207909_n

17952819_1524958360848671_610170832767943294_n

17953025_1524960094181831_3353774782990671676_n

17990670_1820733088247403_8088444238812495688_n

17990697_1524956200848887_6428210033922891805_n

17991022_1820736344913744_1926367969981936602_n

17991076_1524958727515301_639314520175225383_n

17991154_1820732291580816_4067942091392464135_n

17992004_1524960487515125_5839398233047253231_n

17992178_1524956997515474_3661801214642247686_n

18010250_1820733398247372_6972562418740509559_n

18010257_1820732921580753_2697662375105965381_n

18010393_1524957407515433_1778745883252011443_n

18010493_1524956027515571_8074469167129991544_n

18010534_1820732621580783_433777085859295263_n

18010754_1820732411580804_1514827151603315837_n

18011064_1524959284181912_5826823061914936728_n