१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सियाटलमा स्थापना हुने वाणिज्य दुताबासको उद्धघाटन राजदूतले गर्ने

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार ११:२९

न्युयोर्क । अमेरिकाको वासिंटन स्टेटको सियाटलका लागि नेपाल सरकारद्धारा अवैतनिक वाणिज्य दुतमा नियूक्त एसी शेर्पाले यहि अप्रिल २९ तारिकबाट औपचारिक रुपमा अफिस स्थापना गर्नु हुने बताएका छन ।

अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कार्कीले सो दिन कार्यालय स्थापनाको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको वाणिज्य दुत शेर्पाले बताए । वाणिज्य दुतावास उद्घाटन कार्यक्रममा सियाटलस्थित सिटी अफ रेडमण्डका मेयर जोन मार्क क्वाईन, र सिटी अफ बेथलका मेयर एण्डी रेयुमीसहित एनआरएनका अमेरिकाज् क्षेत्रका क्षेत्रिय संयोजक सोनाम लामा, अमेरिका एनआरएनका अध्यक्ष डा केशव पौडेललगायत विशिष्ठ अतिथिहरुको उपस्थिति हुने अवैतनिक वाणिज्य दुत एसी शेर्पाले बताएका छन । नेपाल सरकारले अमेरिकामा रहेर सामाजिक काम, पर्यटन प्रर्वद्धन एवं व्यवसायमा संलग्न शेर्पालाई चार बर्षका लागि वाणिज्य दुतमा नियूक्त गरेको हो ।

शेर्पा समुदायबाट पहिलो पटक वाणिज्य दुत हुन सफल शेर्पा दुई दशकभन्दा बढीे समयदेखि अमेरिका बस्दै आएका हुन । उनले समाज सेवामा निकै समय खर्चेका छन । गैरआवासिय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रिय उपसंयोजक समेत रहेका शेर्पाले आगामी गैरआवासिय नेपाली संघको अमेरिकाज् क्षेत्रबाट क्षेत्रिय संयोजकमा उम्मेदवारी दिने बताएका छन । उनले भने आफुले निकै लामो समयदेखि यहि एनआरएनमार्फत समाज सेवाको काम गर्दै आएकोले आगामी कार्यकालमा म क्षेत्रिय संयोजकका हैसियतले अझै धेरै काम गर्न चाहान्छु । यस अघि अमेरिकामा ८ जान महावाणिज्य र वाणिज्य दूतहरु रहेकोमा अव ९ जना पुगेको छ । अमेरिकामा नेपालीहरुको संख्या बढेसँगै सरकारले पनि महावाणिज्य दुतहरुका लागि संख्या बढाएको हो ।
नेपाल सरकारले एसी शेर्पालाई अवैतनिक बाणिज्य दुत नियुक्त गरेपछि यसअघि पनि नेपाल र नेपालीका लागि सक्दो काम गर्दै आएको र अव जिम्मेबारी थपिएको भन्दैमुलुक र नेपालीका लागि जिम्मेबारी थपिएको बताए । गैरआवासिय नेपाली संघ उत्तरअमेरिका क्षेत्रका सहसंयोजक समेत रहेका शेर्पाले आगमाी दिनमा नेपाललाई अमेरिकामा चिनाउने र नेपालीका लागि आवश्यक सहयोग गर्ने थप दायित्व थपिएको बताए । शेर्पालाई उक्त क्षेत्रका नेपाल र नेपाली समुदायको ब्यापार, ब्यबसाय, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा कानुनी अन्य र आबश्यक सहयोग र साथ दिने गरि जिम्मेवारी तोकिएको छ ।
सो कार्यक्रममा सियाटलमा रहेका नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहनेछन । कार्यक्रममा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने छ । सांस्कृतिक कार्यक्रममा सिंगर आंडगेलु शेर्पा र डिजे तेन्जीडको विशेष प्रस्तुति रहनेछन ।
शेर्पा लगभग दुई दशकभन्दा बढी समयदेखि अमेरिका बस्दै आउनु भएको छ । अमेरिका र क्यानाडा दुवै देशमा आफ्नो ब्यापार, ब्यबसाय गरेका शेर्पाले नेपालको सोलुखुम्बु, सिन्धुपाल्चोकलगायत जिल्लामा शिक्षा, स्वाथ्य र स्थानीय सामाजिक काममा सहयोग गर्दै आएका छन । नेपालको पुर्बी जिल्ला सोलुखुम्बुमा जन्मेर सानै उमेरदेखि अमेरिका रहनु भएका शेर्पाले बिश्वको उच्च शिखर सगरमाथा लगायत बिश्वका सात उच्च शिखर (सेभेन समिट) आरोहण गरिसक्नु भएको छ । वाणिज्य दुत शेर्पा सेभेन समिट फाउण्डेसनका अध्यक्ष पनि हुन । शेर्पा हिमाल आरोहणसम्बन्धि ७० देशका लागि प्रशिक्षक समेत रहेका छन ।