७ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डनमा नाम्लो र शिव परियारको विषेश प्रस्तुति हुने

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार १४:५८

लन्डन । बिबिसी मार्फत नेपाली संगीतलाई विश्ववजारमा प्रस्तुती दिएको नाम्लो ब्याण्डले लन्डनमा नेपाली समूदायका बीच आफ्नो बिषेश प्रस्तुति दिने भएको छ ।

एक्सप्रेस स्टुडियो लन्डनको उत्पादनमा नेपाली टिभी यूके मार्फत प्रसारीत रियाक्सन वीथ चिरन शर्मा र इभेन्ट एण्ड मोर कार्यक्रमको २५ औं एपिसोड पुगेको अवसरमा आयोजित बिषेश कार्यक्रममा उक्त प्रस्तुती हुने भएको हो ।
नयां वर्ष २०७४ को अवसर समेत पारेर आगामी आइतबार हयारोस्थित क्लब केटिएम सांगीतिक सांझको आयोजना गरिएको कार्यक्रम संयोजक विरेन्द्र श्रेष्ठले जनाए ।

नाम्लो ब्याण्ड बेलायतको नेपाली समुदायमा भन्दा पश्चिमी समुदाय र युवाहरु माझ भन धेरै परिचित रहेको छ । यसका ब्याण्ड मेम्बरहरु कोही युरोपियन छन भने कोही अफ्रिकन ।

लामो संगीत साधना र अध्ययनपछि बेलायतको नेपाली समुदाय मात्र होइन, बेलायती र अन्तर्राष्ट्रिय समुदायमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार गंगा थापाको अग्रसरतामा शुरु भएको नाम्लो ब्याण्ड नेपाली लोक संस्कृति झल्कने गीत संगीतलाई पश्चिमा वाद्यवाधन र शैलीसंग फ्यूजन गरी सृजनसिल ढंगले अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सफल भएको छ ।

वेलायतका लागि नेपाली राजदूत प्रमुख अथिति राजदुत डा. दुर्गा बहादुर सुबेदीको बिषेश उपस्थितीमा हुने सो कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहने छ ।
कार्यक्रममा नेपाली आधुनिक संगीतका परिचित गायक शिव परियार र स्थानिय कलाकारले प्रस्तुति दिने आयोजकले बताएका छन ।

नाम्लो ब्यान्डको नाम नसुनेको बताउनेहरु पनि यसको प्रस्तुति देखेपछि फ्यान हुने गरेको बताउंछन स्टुडियोका क्रिएटिभ डिरेक्टर दिनेश परियार । परियारले कार्यक्रमको तयारी अन्तिचरणमा पुगेको जनाकारी दिए ।

स्टुडियोका बजार व्यवस्थापक जगन कार्कीले यस सांगीतिक कार्यक्रम नेपाली आधुनिक गीत संगीतलाई मन पराउने पुस्ता देखि नेपाली संगीतलाई पाश्चात्य संगीतको फ्यूजनमा सुन्न चाहने नयां पुस्ता र कार्यक्रमपछि हुने डान्स पार्टीले अझ तन्नेरी पुस्तालाई पनि भरपुर मनोरन्जन दिने बताए ।