१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पर्यटन प्रर्वद्धनका लागि नेपालको प्रचार

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार १५:०६

टोकियो । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जापानबासी नेपालीको पहलमा टोकियोसहित प्रमुख १२ स्थानमा आइतबार प्रचारात्मक पदयात्रा गरिएको छ । जापानस्थित नेपाली राजदूतावासको विशेष सहयोग र गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा राजधानी टोकियोमा गौतम बुद्धको जन्मथलो लुम्बिनी हो र सर्वोच्च शिखर सगरमाथा नेपालमा पर्छ भन्ने सन्देश जापानी, अङ्ग्रेजी र नेपाली भाषामा दिइएको थियो ।
ढाका, टोपी र दौरासुरुवालमा सजिएका युवकहरूले सगरमाथा र लुम्बिनीको तस्बिर बोकेरै ‘अतिथि देवो भवः’ भन्दै जापानीलाई नपाल भ्रमण गर्न निम्ता दिए ।
कार्यक्रममा नेपाली राजदूतावासका कावा राजदूत कृष्णचन्द्र अर्यालले स्वदेशप्रति माया र सद्भाव देखाउँदै विदेशमा भएका नेपालीले नेपालमा पर्यटन प्रर्वद्धनका लागि गरेको प्रचारप्रसारको प्रतिफल छिट्टै देखिने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्टले समृद्ध नेपालको निर्माणमा प्रवासी नेपालीको पहल महत्वपूर्ण हुने बताउनुभयो ।