१४ बैशाख २०८१, शुक्रबार
Follow Us

केन्टको आसफोर्ड टाउनमा नयाँ बर्ष

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार १८:२१

गत १६ अप्रिल २०१६ का दिन विक्रम संवत नयाँ बर्ष २०७४ लाई साहित्यिक र सांगेतिक कार्यक्रम गरि भब्यता पूर्वक सम्पन्न गरेको छ ।

युके केन्टको आसफोर्ड टाउनको सेन्टरपीस हलमा आयोजित कार्यक्रममा नेपालबाट सांगेतिक यात्रामा युके आईपुग्नु भएका सिर्जना क्षेत्रकै गायक राजु परियारलाई प्रमुख अतिथि एवं वहाकै मुख्य सांगेतिक प्रस्तुती रहेको थियो । पहिलो चरणमा प्रमुख अतिथि परियार, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेला र शाखाका कार्यबाहक अध्यक्ष औतारी साईलाले पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो भने सुरेन्द्र थेवेले हेल्थएण्ड सेप्टिबारे बताउनु भयो र सुस्मा रुपावुङ राईले स्वागत मन्तब्य दिनु भयो ।

महासङ्घ केन्द्रको तर्फबाट अध्यक्ष तिगेलाले शुभ कामना मन्तब्य दिनुहुदै विश्व नेपाली साहित्य महासङ्घ केन्द्रले सन् २०१५ मा आयोजना गरेको दोस्रो विश्वब्यापी कविता प्रतियोगितामा सहभागी ११४ मध्ये महिला तर्फ उत्कृष्ट हुन सफल कवयित्री भावना परिष्कृत सुनुवारलाई सम्मान सहित प्रमाणपत्र हस्तान्तरण गर्नु भयो । सुनुवारले पुरस्कृत कविता वाचन गर्नुभई आयोजकप्रति आभार ब्यक्त गर्नुभयो । कवि घन बहादुर थापा र कवि टि माया राईले नयाँ बर्षको कविता वाचन लगतै भिमु मेमोरियल ट्रष्टको तर्फबाट गायक बी.सी. राई र गंगाराज राईलाई ट्रष्टका सस्थापक शिव कुमार राईले वहाहरुको योगदानको कदर गर्दै सम्मान गर्नुभयो ।

महासङ्घमा आबद्ध स्रष्टा थिर थापाको विहानी नामक गीति एल्बम, जानुका राईको गीति संग्रह धर्तिको जन्म, टी. माया राईको एलबम सौम्यलाई केन्द्र अध्यक्ष तिगेला, शाखा अध्यक्ष साईला, गायक परियार र समाजसेवी घन थापाले विमोचन गर्नुभयो । तिनै स्रष्टाहरुले आआफ्नो कृति सिर्जनाको बारेमा सक्षिप्त बोल्नु भएको थियो । अतिथि गायक परियारलाई आयोजकको तर्फबाट कार्यबाहक अध्यक्ष साईलाले आभारपत्र हस्तान्तरण गर्नुहुदै पहिलो चरणको कार्यक्रमलाई औपचारिक रुपमा विषर्जन गर्नुभयो ।

दोस्रो चरणको धमकेदार सांस्कृतिक कार्यक्रम सुरेन्द्र इङनामले मिठो बाँसुरीको धुनबाट शुरु गर्नुभयो । कार्यक्रममा नवगायक मोहन लिम्बु गायिकाहरु विमला लिम्बु, करिष्मा घम, जानुका पुन, गणेश पुनको प्रस्तुती संगै गायक परियारले सबैलाई झुमझुम नचाएका थिए भने युकेका चिरपरिचित गायक थिर थापामगर, मधुसुदन थापामगर र गणेश पुनले सुमधुर गीत पस्कनु भएको थियो र वहाहरुलाई गायिका सुष्मा राईले पनि साथ दिनु भएको थियो । सिता शेरचन, सन्ध्या गुरुङ, मलियना तिगेला, नेहा लिम्बु, निङ्वा लिम्बु र शशांक राई, गणेश लिम्बुले आकर्षक नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्तिम चरणको राफल ड्रमा सुनको गहना माया शेरचनले जित्न सफल हुनुभएको थियो । कार्यक्रमलाई अकार्षक ढङ्गबाट महासचिव जानुका राई र कवि संजिव राई पार्दशीले संचालन गर्नुभएको थियो । अन्तमा कार्यबाहक अध्यक्ष साईलाले कार्यक्रम सफल बनाउन भूमिका निर्वाह गर्नुहुने तथा सहभागि सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम आयोजनाको लागि गायक थिर थापा र महासचिव राई र श्रीमति कृष्णा थापाको विशेष भूमिका रहेको थियो ।