१३ बैशाख २०८१, बिहीबार
Follow Us

महासङ्घ साउथ युकेको वातावरण कविता प्रतियोगिताको नतिजाः बन्दना राई प्रथम

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७४, सोमबार १८:२३

१७ अप्रिल २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाद्धारा आयोजित अर्थ आवर वातावरण साहित्य प्रतियोगितामा भोजपुरकी बन्दना राईको यो साझा घरको मान्छे शिर्षकको कविता प्रथम बन्न सफल भएको छ ।

नेपाली भाषाको अनलाइनमा पहिलो पटक प्रसारण शुरु गर्ने प्रभावशाली रेडियो बिएफबिएस गोर्खा रेडियोको काठमाडौ स्टेशनबाट १७ अप्रिल २०१७ का दिन नतिजा घोषणा गर्दै पुरस्कार वितरण गरिएको छ । विजयी तिनैजना रेडियो स्टेशनमा उपस्थिती हुनुहुन्थ्यो । प्रतियोगितामा प्रज्वल अधिकारीको शहरले गुमाएको प्राकृतिक पेन्टिंग शिर्षकको कविता दोस्रो र पवित्रा राईको खर्पनमा धर्ति बोकर शिर्षकको कविता तेस्रो बन्न सफल भएको छ । पहिलो, दोस्रो र तेस्रोले क्रमशः नगद १२ हजार, १० हजार र ८ हजार पुस्कार सहित प्रमाणपत्र गोर्खा रेडियोका संचालक विनोदध्यज खड्का र अध्यक्ष विजय हितानले हस्तान्तरण गर्नुभयो ।

नेपालबाट मात्र सहभागिता जनाउन मिल्ने र वातावरणको विषयमा सिर्जना लेख्नुपर्ने प्रावधान रहेको प्रतियोगिताको लागि २४ मार्च भित्र आईपुग्नुपर्ने गरि आब्हान गरिएको थियो र यसबर्षको अर्थ आवर २५ मार्चको दिन विश्वब्यापी मनाईएको थियो । विभिन्न ४६ जनाको कविताहरुलाई साहित्यकार विश्वास दीप तिगेला, सप्निल स्मृती र स्वयं अध्यक्ष हितानले मूल्याङ्कन गरेका थिए ।

नविन प्यासी, एकु घिमिरे, उदास कार्की, पुष्पा घिमिरे, तुलसी बस्नेत, ह्दय लेकाली, सुरज शर्माका कविताहरु उत्कृष्ट १० मा पर्न सफल भएका थिए । साहित्य महासङ्घले विगत बर्षहरुदेखि विश्व अर्थ आवरको अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएका छन् ।

महासङ्घ साउथ शाखाले बैशाक ३ गते युके आसफोर्ड शहरमा भब्य कार्यक्रम सम्पन्न गरयो भने दोस्रो दिन प्रतियोगिताको नतिजा घोषणा गर्दै पुरस्कार घोषणा गरेको छ ।

– राजु सुब्बा