१३ बैशाख २०८१, बिहीबार
Follow Us

विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७४, बुधबार ०७:३३

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी कामदारलाई नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै ‘एच वन भिसा’ को समीक्षा र नियन्त्रणको अभियान सुरुवात भएको मानिएको छ ।
अब ‘एच वन भिसा’ सबैभन्दा दक्ष कामदार या सबैभन्दा बढी तलब माग गर्नेलाई मात्रै सुनिश्चित गरिनेछ । हस्ताक्षरपछि राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको काम विदेशी कामदारको भागमा गइरहेको भन्दै भिसा प्रणालीको दुरुपयोग अन्त्य गर्ने माग सम्बोधन भएको प्रतिक्रिया दिए ।
विभिन्न कम्पनीले कम तलब दिएर विदेशीलाई काममा राखेकाले धेरै अमेरिकी कामको अबसरबाट बञ्चित भएको ट्रम्पको भनाई थियो । यस्तै, सरकारी योजनामा विदेशी कम्पनीलाई काम नदिने नियम पनि कडा रुपमा लागु गरिने बताइएको छ । अमेरिकी राष्ट्रपतिले अमेरिकामा निर्मित बस्तुको बिक्रि बढाउने आदेश पनि जारी गरेका छन् ।
यी दुवै आदेशलाई ‘बाइ अमेरिकन, हायर अमेरिकन’ नीतिअनुसार जारी गरिएको ह्वाईट हाउसले जनाएको छ । अमेरिकाले प्रत्येक वर्ष ६५ हजार एच वन भिसा चिठ्ठाको माध्यमबाट जारी गर्थ्यो