१५ बैशाख २०८१, शनिबार
Follow Us

करोडौं हिनामिना गरी कैलाश विकास बैंकका म्यानेजर फरार

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७४, बुधबार ०७:३६

कास्की । कैलाश विकास बैंक पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल डेढ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरी फरार भएका छन् । उनले बैंकका ग्राहकलाई उच्च व्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा ‘डिपोजिट’ नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
त्यसबाहेक खनालले किर्ते हस्ताक्षर गरेर ठूला ग्राहक र सहकारीको रकम निकाल्ने गरेको पनि अनुमान गरिएको छ । खनाल कति रकम लिएर फरार भएका हुन् भन्ने यकिन विवरण बैंकले सार्वजनिक गरेको छैन् । चैत ३ गतेयता कार्यालयमा उपस्थित नभएपछि उनले ठगी गरेको आशंका गरिएको थियो । बैंकले ठूलो रकम ठगी भएको भन्दै खनालविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) मा उजुरी गरेको छ । फरार रहेका खनालको खोजी भईरहेको प्रहरीले जनाएको छ ।