१२ बैशाख २०८१, बुधबार
Follow Us

राष्ट्रपति भण्डारी राजकोट प्रस्थान

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७४, बुधबार ०७:३९

नयाँदिल्ली । भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी यहाँका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गरी आज गुजरात राज्यको चांथो ठूलो सहर राजकोट प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले भ्रमणको तेस्रो दिन आज त्यहाँस्थित सोमनाथ मन्दिर र अन्य क्षेत्रको अवलोकनका साथै गुजरात राज्यका मुख्यमन्त्री विजय रुपनीले उहाँको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागिता जनाउनुहुनेछ । राष्ट्रपति भण्डारी बिहीबार उडिसा जाने कार्यक्रम छ ।