८ बैशाख २०८१, शनिबार
Follow Us

मेड्स्टोनमा नयाँ वर्ष २०७४ को धुमधाम स्वागत

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७४, बुधबार ११:०८

मेड्स्टोन नेपाली समाजले गत बैशाख १ गते एक कार्यक्रम आयोजना गरी नेपाली नयाँ बर्ष २०७४ सालको भव्य स्वागत गरेको छ । समाजका उपाध्यक्ष दिनेश खड्काको संयोजकत्वमा आयोजित कार्यक्रम समाजका महासचिव पूर्व क्याप्टेन यम पुनको स्वास्थ्य एवम् सुरक्षा सम्बन्धी जानकारीबाट शुरु भएको थियो । समाजका अध्यक्ष पूर्व गोर्खा मेजर दुध गुरुङले स्वागत मन्तव्य दिँदै नयाँ साल २०७४ लाई स्वागत साथै सम्पूर्ण सदस्यहरुलाई शुभ कामना दिनु भएको थियो । करीब २०० जना नेपालीहरुले भरिएको हलमा सहभागीहरु एक आपसमा नयाँ सालको शुभकामना आदान प्रदान गर्न व्यस्त देखिन्थे ।

नेपाली खाना, सांस्कृतिक कार्यक्रम एवम् मनोरन्जनको लागि राफल जस्ता कार्यक्रमबाट उक्त साँझको कार्यक्रम भरिएको थियो । मेड्स्टोन नेपाली समाजको दशैं पछिको ठूलो कार्यक्रमको रुपमा मनाइने ‘नेपाली नयाँ वर्ष’ मा मेड्स्टोन बाहेक आश्फ़ोर्ड, हेड्कोर्न, लन्डन र सिटिङ्ग्बोर्न बाट पनि उपस्थिति थियो ।

पूर्ण गुरुङ र बुद्धि गाहाले सांस्कृतिक कार्यक्रम संचालन गर्नु भएको थियो भने उमेश पराजुली, मोहन गुरुङ र कमल अधिकारीले कार्यक्रम व्यवस्थापन गर्नु भएको थियो ।

अन्य कार्यकारिणी एवम् समाजका सदस्यहरुले पनि आ -आफ्नो ठाउँबाट सहयोग गरी उक्त कार्यक्रमलाई सफल बनाउन योगदान गर्नु भएको थियो ।

नेपाली खाना, संगीत र नृत्यबाट भरिएको उक्त कार्यक्रम राती १२ बजे समाप्त भएको थियो ।