१३ बैशाख २०८१, बिहीबार
Follow Us

यातायातका पाँच कर्मचारी निलम्बित

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७४, बुधबार १४:३७

काठमाडौं । यातायात व्यवस्था विभागले राजस्व दाखिलामा व्यापक अनियमितता गरेको भन्दै पाँचजना कर्मचारीलाई निलम्बन गरेको छ । यातायात व्यवस्था कार्यालय कोसीका कार्यालय प्रमुख नयराज नेपाल, लेखा अधिकृत टीकाराम अधिकारी, लेखापालद्वय सुरेश अधिकारी र रुद्रप्रसाद दाहाल एवम् नायब सुब्बा टीकाप्रसाद बाँस्तोलालाई निलम्बन गरेको विभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले निजामती सेवा ऐनअनुसार आज सचिवस्तरीय निर्णय गरी राजस्व दाखिलामा अनियमितता गरेको प्रारम्भिक अनुसन्धानबाट प्रमाणित भएकाले निलम्बन गर्नुभएको विभागले जनाएको छ । यससम्बन्धी थप अनुसन्धानका लागि आजै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाइएको पनि उहाँले बताउनुभयो ।