१३ बैशाख २०८१, बिहीबार
Follow Us

यस वर्ष सगरमाथामा ‘ट्राफिक जाम’ हुने !

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७४, बुधबार १४:३९

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि यसपटक सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो संख्या अहिलेसम्मकै बढी हो । गत वर्ष ३४ समूहका २८९ जनाले आरोहण अनुमति लिएका थिए । वैशाख मध्यसम्म अनुमति लिन सकिने भएकाले संख्या अझै बढ्ने विभागको भनाइ छ ।
विभागबाट अनुमति लिएकामध्ये मंलबारसम्म ३१ समूहका २९४ आरोही सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)को कार्यालय नाम्चेबाट अनुमति लिएर आधार शिविरतर्फ लागेका छन् । यस वर्ष आरोहीको संख्या अत्याधिक बढेपछि सगरमाथामा ‘ट्राफिक जाम’ हुने सम्भावना बढेको छ ।