११ बैशाख २०८१, मंगलवार
Follow Us

निर्वाचनको सुरक्षालाई लिएर शंका नगर्न गृहमन्त्रीको आग्रह

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७४, बुधबार १४:४१

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले स्थानीय निर्वाचन सुरक्षाका लागि सरकार सम्पूर्ण रुपले तयार रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको आह्वानमा भएको प्रमुख पाँच दलको बैठकबाट बाहिरिने क्रममा मन्त्री निधिले चार वटै सुरक्षा अंगले निर्वाचन केन्द्रित योजना बनाएको र त्यसप्रति शंका गर्नुपर्ने ठाउँ नरहेको बताएका हुन् । ‘चुनावी सुरक्षा पर्याप्त नभएको भन्दै मध्यरातमा किन ट्वीट गरेको ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री निधिले ट्वीटका लागि कुनै खास समय नचाहिने भन्दै पन्छिने प्रयास गरेका थिए ।
निर्वाचन सुरक्षाबारे ट्वीट गरेपछि गृहमन्त्रीको चौतर्फी आलोचनासँगै चुनाव नहुने हो कि भन्ने शंका बढेको थियो । आलोचनापछि निर्वाचन तयारीका लागि सुरक्षा प्रवन्ध मात्र मुख्य नभई राजनीतिक सहभागिता र समाधान पनि आवश्यक रहने भन्दै मन्त्री निधिले अर्को ट्वीट गरेका थिए ।