१५ चैत्र २०८०, बिहीबार
Follow Us

मोर्चामा आवद्ध पाँच दलबीच आज एकता घोषणा हुँदै

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७४, बिहीबार ०७:३५

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध पाँच दलबीच एकता हुने भएको छ । तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना, फोरम गणतान्त्रिक, मधेस समाजवादी, र मधेस सद्भावना पार्टीले आज पार्टी एकीकरणको घोषणा गर्न लागेका हुन । एकीकृत नयाँ पार्टीको नाममा ‘मधेस’ शब्द हटाउँदै ‘राष्ट्रिय जनता पार्टी’ राखिएको छ । पार्टीको चिह्न र झन्डा ‘छाता’ रहने बताइएको छ ।
मोर्चामा आबद्ध उपेन्द्र यादव अध्यक्षताको संघीय समाजवादी फोरम नेपाल र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी भने एकीकरण प्रक्रियामा सहभागि छैनन् । एकीकरणपछि पार्टीको नेतृत्व महन्थ ठाकुरले गर्ने बताइएको छ । दोस्रो तहको बरियता नमिलेपछि अध्यक्ष मण्डल बनाउने तयारी छ । एकीकरणपछि सो पार्टीबाट संसदमा २२ जनाको प्रतिनिधित्व हुने छ ।