८ बैशाख २०८१, शनिबार
Follow Us

पर्वत वेल्फेरको कार्यक्रममा यम क्षेत्रीले प्रस्तुति दिने

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७४, बिहीबार १२:११

लन्डन । पर्वत जिल्ला देखी वेलायतमा आएर बिभिन्न पेशमा संलग्न पर्वर्तेहरुको भेला शनिवार हुने भएको छ । पर्वत वेल्फेर सोसाइटी यूकेको आयोजनामा आयोजनामा हुने नयाँ वर्ष शुभकामना आदानप्रदान कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको सोसाइटीका अध्यक्ष ददी आचार्यले जानकारी दिए । अल्डरशटस्थित एम्पायर हाउसको हलमा आयोजना हुने विषेशका कार्यक्रममा लोकगायक यम क्षेत्रीले आफ्नो प्रस्तुति दिने भएका छन्। पर्वत जिल्लामा जन्मेका गायक क्षेत्री पछिल्लो वर्षकै निकै चर्चित गायक मध्य एक हुन् ।

कार्यक्रममा पर्बत जिल्ला सम्वंधी वृतचित्रm लाइभ कन्सर्ट, राफल ड्र, स्वादिस्ट खाना तथा अन्य मनोरंजन हुने वताएको छ । सोसाइटीले वेलायतवासी नेपाली समूदायतलाई उपस्थितीको लागि आग्रह गरेको छ ।