७ बैशाख २०८१, शुक्रबार
Follow Us

भूतपूर्व गोर्खा बारे त्रिपक्षीय वार्ताप्रति प्रवासी मञ्च यूकेको ऐक्यबद्धता

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७४, बिहीबार १२:२२

लन्डन । भूतपूर्व गोर्खाको समस्याको समाधानका लागि भैरहेको प्रयास सकरात्मक भएको प्रवासी नेपाली मञ्च यूकले जनाएको छ । मञ्चका अध्यक्ष रामशरण सिमखडाले विहीवार एक विज्ञप्ति जारी गर्दै वार्ता प्रति ऐक्यबद्धता जाहेर गर्दै मागहरु पूरा गर्न सम्वन्धीत पक्षसंग जोडदार माग समेत
गरेका छन् ।

सिमखडाद्धारा जारी विज्ञप्तीको पूर्णपाठ

बिगत लामो समय देखि बिभेदमा पारिएका पूर्ब गोर्खा सैनिकहरुको बारेमा बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित त्रिपक्षिय बार्ता प्रथम चरणमा सौहार्दपूर्णरुपमा सम्पन्न भै प्राविधिक समितिको पहिलो बैठक समेत बेसको सन्दर्भमा लामो समयदेखी बिभेदपूर्ण ब्यबहार खेपी रहेका भूतपूर्ब गोर्खाजहरुले न्याय र सम्मान समानरुपमा प्राप्त गर्ने आशा पलाएको छ । खासगरी पूर्ब गोर्खाजहरुको संगठन बिभक्त रही छुट्टाछुट्टै आन्दोलनहरु गरे । एकताबाट नै शक्ती प्राप्त हुने महसुष गरि बिषेशतस् गत महिना भूतपूर्ब सैनिक सगठन ९गेसो० र सत्याग्रह आन्दोलन संयोजन समिति बिचको समझदारी र सहकार्य तथा नेपाली दुताबास बेलायतको सुझबुझपूर्ण कुटनैतिक प्रयासले यो आन्दोलन तार्कीक निष्कर्षमा पुग्ने बिश्वास आम नेपालीहरुमा जागृत भएको छ ।

प्रवासी नेपाली मंच यूके बिगत देखीनै पूर्ब गोर्खजहरुको एकतामा बिश्वास राख्दै बिभिन्न फोरमहरुमा एकताको लागी पैरबी गर्दै आफ्नो ठाउंबाट सक्दो सहयोग समेत गरेकै हो । यसले नेपालमा आफू निकटको राजनैतिक पार्टीलाई समेत यस बारेमा सु-सुचित गराउंदै सांसदज्यूहरुको सर्ब(पक्षिय राजनैतिक संयन्त्रमा गोर्खा सम्बध्द माननियज्यूहरु रहन र यसको समायोचित निकासको लागी अपिल समेत गर्दै आएको हो ।

हाल सम्म भएका विभेद र बेलायत सरकारले गोर्खाजहरुलाई गरेका ऐतिहासिक भूल लगायत एकमुष्ट उपदान, विधवा र हवाइ काण्डमा परेका १२२ जनालाई उचित क्षतिपूर्ति, पेन्सन सिंधै नेपाल राष्ट्र बैकमा जानु पर्ने, गोर्खा सेवाको बैधता, सन् १९६५ यता जन्मिएका वयस्क सन्तान सबैलाई आवासीय अधिकारसहित ज्याकी डोयल प्राइस प्रतिवेदनले ऐतिहासिक अन्याय ठहर गर्दै सरकारलाई दिन सिफारिस गरेका १७ भन्दा बढि जायज मुद्दा सम्वोधन गरिनुपर्ने मागहरुलाई सम्बोधन गर्न सबै पूर्ब गोर्खाजहरुको एकता र सहकार्य, राजनैतिक पार्टीका भातृ संगठनहरु, एन आर एन यूके, अन्य जातिय तथा सामाजिक संघ संस्था, नागरिक समाज, पत्रकार तथा प्रबुद्ध बर्गलाई सचेतता पूर्बक यस ‘भद्र न्यायिक आन्दोलन’ मा साथ र सहयोगको लागी हार्दीक अपिल गर्दै प्रवासी नेपाली मंच यूके यस अभियानको सबै मोर्चामा ऐक्यबद्धता जाहेर गर्दै यि मागहरु पूरा गर्न समबन्धित पक्षसंग जोडदार माग समेत गर्दछ ।

सफलताको हार्दिक शुभेक्षा ( शुभकामना र सहकार्यको लागी धन्यबाद साथै ‘भद्र न्यायिक आन्दोलन’ मा पुनस् दर्बिलो ऐक्यबद्धता सहित ।

रामशरण सिमखडा
अध्यक्ष
प्रवासी नेपाली मंच यूके