१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली योगा थेरापिस्ट पन्त बेलायतमा

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७४, बिहीबार १४:३९

स्कटल्याण्ड । नेपालका पुर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा ख्यातिप्राप्त योग प्रशिक्षक पुष्करराज पन्त बेलायतमा विभिन्न स्थानमा योग प्रशिक्षण दिइरहेका छन् । बेलायत र जर्मनीका विभिन्न ठाउ“मा उनले ६ मईसम्म योग कक्षा संचालन गर्नेछन् ।
पन्तले १३ अप्रिलमा हिमालयन सेन्टर फर आर्टस एन्ड कल्चरले स्कटलेण्डमा र नेपाल स्कटलेण्ड एशोसिएनले एडिनबर्गमा आयोजना गरेको नया“ वर्षको कार्यक्रममा योग र सकारात्मक जीवनशैलीबारे प्रशिक्षण दिएका थिए । त्यस्तै, १६ अप्रिलमा ग्लास्गो नेपालिज एशोसिएसन र दियो क्लब युके द्वारा आयोजित एक दिवसीय निःशुल्क योग प्रशिक्षण शिविर सञ्चालन गरेका थिए ।
बेलायतको ब्रम्हिमगममा शान्ति समाज युकेको आयोजनामा १९ अप्रिलमा हुने कार्यक्रममा पनि प्रशिक्षक पन्तले योगसम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुका साथै प्रशिक्षण दिएका छन । त्यस्तै, २० अप्रीलमा जर्मनीको फ्रेन्कफर्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा उनले ‘खेलकुदका लागि योग’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन । २१ अप्रिलमा खेलकुदको अन्तर्राष्ट्रियस्तरको संस्था INTERNATIONAL COUNCIL FOR SPORTS SCIENCE AND PHYSICAL EDUCATION (ICSSPE) को विशेष साधारण सभामा पन्त खेलकुद प्रवद्र्धन संस्था नेपाल -Sports Promotion Organzation of Nepal, SPON-Nepal) का तर्फबाट सहभागिता जनाउने छन् । पन्त स्पोन नेपालका अध्यक्ष पनि हुन । योग, आयुर्वेद तथा खेलकुदका माध्यमबाट जीवनस्तर उकास्ने, स्वस्थ जीवन र सकारात्मक सोचका लागि जनचेतना फैलाउने उद्देश्यले २०६३ सालमा उक्त संस्था स्थापना गरिएको थियो ।
योग प्रशिक्षक पन्तले अप्रिलको अन्तिम साता बेलायतको लण्डनमा Woolwich Common Commnity Center मा एक दिवसीय निःशुल्क योग कक्षा सञ्चालन गर्ने छन् भने ६ मईमा Northolt Park Social Club, Northolt London मा बक्सिङ्ग खेलाडीहरुका लागि योग कक्षा (Yoga for Boxing) मा प्रशिक्षण दिने छन । त्यस स“गस“गै उनले बेलायतका विभिन्न ठाउ“मा व्यक्तिगत रुपमा पनि नेपालीलाई योग र आयुर्वेदका बारेमा जानकारी तथा प्रशिक्षण दिइरहेका छन् ।
नीजि खर्चमा बेलायत पुगेर योग प्रशिक्षण दिइरहेका पन्तले योग तथा पुर्वीय दर्शन सम्बन्धि जन चेतना जगाउने आफ्नो अभियानलाई सफल पार्न सम्पुर्ण नेपाली र सरोकारवाला निकायहरुलाई अनुरोध गरेका छन् ।

प्रशिक्षक पन्तले सन २००५ देखि नै नेपाल लगायतका विभिन्न मुलुकमा योग प्रशिक्षण गराउदै आएका छन् । उनले सन २०१०–२०११ मा पतंजलि योगपीठ हरिद्वारबाट एडभान्स योग प्रशिक्षण प्राप्त गरेका हुन । उनी अध्यक्ष रहेको संस्था स्पोन नेपालले खेलकुदमा योगको प्रभावका विषयमा रिषर्च गरी अमेरिकन कलेज अफ स्पोर्टस मेडिसिनद्वारा आयोजित Exercise is Medicine दोस्रो विश्व सम्मेलनमा अमेरिकाको कोलोराडोमा कार्यपत्र प्रस्तूत गरेका थिए ।
सन २०१५ अप्रिलमा नेपालमा आएको विनासकारी भुकम्पपछि पनि पतंजलि योगपीठ नेपालको मातहतमा स्पोन नेपालको तर्फबाट भुकम्प पिडित विभिन्न ८ वटा जिल्लामा पन्त योगका माध्यमबाट भुकम्प पिडितहरुको मानसिक पिडा कम गर्ने कार्यमा ६५ दिनसम्म स्वयमंसेवकको रुपमा काम गरेका थिए । २०१५ नबेम्बरमा पनि जर्मनीको बर्लिनमा ICSSPE द्वारा आयोजित Community and crisis –inclusive development through sports नामक अन्तराष्ट्रिय सम्मेलनमा पनि पन्तले खेलकुदका लागि योग विषयमा आप्mनो कार्यपत्र प्रस्तुत गरेका थिए । विक्रम सम्वत २०५९ साल देखि नै नेपालमा खेलकुदमा योगको विषयमा कार्यपत्र प्रस्तुत गर्ने पहिलो संस्थाका रुपमा स्पोन नेपालले काम गर्दै आईरहेको छ ।
पन्त योग क्षेत्रमा आउनु अघि २०४८ सालदेखि बक्सिङ्ग खेल्न थालेका थिए । उनी २०४९–२०५१ सम्म तीन पटक भारोत्तोलन, २०५२–२०५९ सम्म एमेच्योर तथा प्रोफेशनल बक्सिङ्गमा चारपटक राष्ट्रिय च्याम्पियन बनेका थिए । क्वानमुकान करातेको विशेष प्रशिक्षण लिई पन्तले सन २००२ मा स्पेनमा २१ देशको सहभागितामा भएको अन्तराष्ट्रियस्तरको कराते प्रतियोगितामा नेपालको तर्फबाट रजत पदक जितेका थिए ।
उनी काठमाण्डौस्थित बाग्मति बोर्डिङ्ग स्कुल र भारतीय राजदुताबासभित्रको केन्द्रिय विद्यालयमा योग तथा खेल प्रशिक्षकको रुपमा कार्यरत छन् । पन्तले सन २००८ देखि नै विभिन्न स्कुल कलेजहरु र संघसंस्थाहरुमा योग सम्बन्धि प्रशिक्षण तथा कार्यशाला गर्दै आएका छन् ।
– खिमलाल पाण्डे