१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पुनःनिर्माणमा रु ८४ अर्बको अख्तियारी

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७३, शनिबार १५:१९

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणमा अर्थ मन्त्रालयले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई चालु आव २०७३÷७४ का लागि रु ८४ अर्बको अख्तियारी दिएको छ । अख्तियारी दिएको रकममध्ये रु १२ अर्ब २८ करोड ९६ लाख २८ हजार सरकारी स्रोतबाट, वैदेशिक सहायतातर्फ जाइकाबाट रु एक अर्ब ८३ करोड ३५ लाख, युरोपियन युनियनबाट रु ११ अर्ब, चीनबाट रु ५० करोड, पुनःनिर्माण संयुक्त कोषबाट रु एक अर्ब ५० करोड, भारतबाट रु १२ अर्ब ५० करोड, जर्मनीबाट रु तीन अर्ब, कोरियाबाट रु ८५ करोड, एसियाली विकास बैंकबाट रु ९८ करोड रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।
“ऋणतर्फ आइडिएबाट रु १३ अर्ब २५ करोड ८७ लाख ७७ हजार, एसियाली विकास बैंकबाट रु नौ अर्ब ५५ करोड ५२ लाख ७६ हजार, जाइकाबाट रु ११ अर्ब ६६ करोड ५३ लाख ५८ हजार र आइएमएफबाट रु पाँच अर्ब रहेको छ, सरकारले बजेट वक्तव्यमा चालु आवका लाग रु एक खर्ब ४२ अर्ब छुट्याएको छ” – उहाँले भन्नुभयो ।
विपद्पछिको आवश्यकता आँकलन प्रतिवेदन (पिडिएनए) र पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनाको खाका (पिडिआरएफ)मा उल्लेख भएका क्रियाकलापलाई विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्ट गराएको आधारमा सम्बन्धित निकायबाट कार्यक्रम प्राप्त गरी प्राधिकरणको कार्यकारी समितिले नीतिगत निर्णय गरेका आधारमा बजेट निकास गरिने प्राधिकरणले जनाएको छ ।