८ बैशाख २०८१, शनिबार
Follow Us

ईटालीको रोममा मन्दिर र जनजातिका पोशाक प्रदर्शनी हुने

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७४, बिहीबार १४:४५

रोम । ईटालीको रोममा अप्रिल २२ बाट शुरु हुन लागेको अन्तर् राष्ट्रिय मेलामा पहिलो पटक नेपाली मन्दिर र झण्डै एक दर्जन बिभिन्न जनजातिका पोशाकहरुको प्रदर्शन हुन गैरहेको छ । यसै मेलामा वर्तमान विश्व संरचनामा नेपाली हस्तकला र यसको बजारीकरण बिषयक अन्तरक्रिया कार्यक्रमपनि हुँदैछ ।
त्यसकालागि गैह्र आवाशिय नेपाली संघका पूर्व केन्द्रिय अध्यक्ष, वर्तमान प्रमुख संरक्षक तथा ब्यापारी जिवा लामिछाने, गैह्र अवाशिय संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, गैह्र आवाशिय संघका अन्य मुलुकका पदाधिकारी, कलाकार, लेखक, पत्रकार तथा युरोपमा नेपाली उत्पादनको ब्यापार गरिरहेका तिन दर्जनभन्दा बढि ब्यवशायीहरुकाबिच अन्तर्क्रिया हुँदै छ । कार्यक्रममा ब्यापारी जिवा लामिछानेको पुस्तक सर्सर्ति संसारको बिमोचनसमेत गरिने भएको छ ।
विश्वकै एक औध्योगिक देश ईटालीका बिभिन्न शहरमा आयोजना हुने बिभिन्न अन्तर्राष्ट्रिय ब्यापारिक र साँस्क्रितिक मेलाहरुमा लामो समयदेखि नेपालीहरुको सहभागिता रहने गरेको थियो । त्यसमा एशियाली क्षेत्रका अन्य मुलुकले आफ्नो सांस्क्रितिक, भौगोलिक, कला कौशल र आफ्नो देश चिनाउने बिभिन्न धरोहरहरु निर्माण गरि त्यस्ता मेलामा आफ्नो देशलाई पहिचान गराउने कार्य गर्दै आएका थिए । तर नेपालीहरुको तर्फबाट त्यस्तो खासै हुनसकेको थिएन । तर यहि अप्रील २२ बाट ईटालीको रोम शहरमा हुने अन्तर्राष्ट्रिय ओरियन्टल मेलामा नेपालको कला कौशलको पहिचान होस् भनि एभरेस्ट क्राफ्ट प्रालीले नेपालबाट मौलाकालिका मन्दिर (नवलपरासी जिल्लाको कालिकास्थानमा रहेको कालिका मन्दिर) निर्माण गरि रोमबाट प्रदर्शन गर्न लागेको छ । त्यसकासाथै बिभिन्न जनजातिका भेषभुषाहरुपनि यो मेलामार्फत परिचित गराउन लागेको छ ।
नेपाली कला कौशल र सांस्क्रितिक महत्व देखाउने उद्देश्यले ईटाली ल्याइएको यो मन्दिरले सम्पूर्ण नेपाली ब्यापारीको ब्यापारिक हित गर्नुकासाथै समग्रमा नेपाल र नेपालको सांस्क्रितिक महत्वलाई ईटालीमा प्रवर्धन गर्ने छ । रोमबाट शुरु हुन लागेको नेपाली मन्दिरको स्थापना र ति भेषभुषाहरु ईटालीका अन्य शहरहरुमापनि लगेर प्रदर्शन गरिने एभरेष्ट क्राफ्टले जनाएको छ ।
करिब चार मिटर उचाई, १४५० किलो तौल, तिन मिटर लम्बाई रहेको यो मन्दिरको उद्घाटन बिभिन्न रोमकालागि नेपाली कन्सुलर, गैह्र आवाशिय नेपाली संघका प्रमुख संरक्षक, लेखक तथा ब्यापारि जिवा लामिछाने, गैह्र आवाशिय नेपाली संघक केन्द्रिय उपाध्यक्ष कुमार पन्त, नेपाली सञ्चारकर्मी र अन्य विशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा गरिने भएको छ । त्यसैगरि २१ अप्रिलका दिन ‘वर्तमान विश्व अर्थतन्त्रमा नेपाली हस्तकला र यसको बजारीकरण’ बिषयक अन्तरक्रिया कार्यक्रम हुन गैरहेको छ । यो अन्तर्क्रिया कार्यक्रममा एन आर एन केन्द्रका प्रमुख संरक्षक जिवा लामिछाने, केन्द्रिय उपाध्यक्ष कुमार पन्त लगायत अन्य देशका गैह्र आवाशिय संघका नेत्रित्वकर्ताहरुको सहभागिता हुने छ । लामिछानेले ‘सर्सर्ति संसार’ पुस्तकको बिमोचन पश्चात आफ्नो पुस्तक र युरोपमा नेपाली नेपाली उत्पादनका संभावना र चुनौतिबारे अनुभव सुनाउनुहुने छ ।
सो अन्तर्क्रिया कार्यक्रममा अन्तराष्ट्रिय हस्तकला महासंघको अवधारणा पत्र प्रस्तुत गर्नुको साथै संस्थाको औपचारिक घोषणासमेत गरिने छ । करिब चार मिटर उचाई, करिब १४५० किलो तौल, तिन मिटर लम्बाई रहेको यो मन्दिरको उद्घाटन बिभिन्न देशका नेपाली कूटनितिज्ञ, रोमकालागि नेपाली कन्सुलर, गैह्र आवाशिय नेपाली संघका प्रमुख संरक्षक, लेखक तथा ब्यापारि जिवा लामिछाने, गैह्र आवाशिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, नेपाली सञ्चारकर्मी र अन्य विशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा गरिने भएको छ । त्यसैगरि २१ अप्रिलका दिन ‘वर्तमान विश्व अर्थतन्त्रमा नेपाली हस्तकला र यसको बजारीकरण’ बिषयक अन्तरक्रिया कार्यक्रम हुन गैरहेको छ । यो अन्तर्क्रिया कार्यक्रममा एन आर एन केन्द्रका प्रमुख संरक्षक जिवा लामिछानेको सहभागिता हुने छ । लामिछानेले ‘सर्सर्ति संसार’ पुस्तकको बिमोचन पश्चात आफ्नो पुस्तक र नेपाली ब्यवशायका बारेमा अनुभव सुनाउनुहुने छ । सो अन्तर्क्रिया कार्यक्रममा अन्तराष्ट्रिय हस्तकला महासंघको अवधारणा पत्र प्रस्तुत गर्नुको साथै संस्थाको औपचारिक घोषणासमेत गरिने छ ।
त्यसैले यो कार्यक्रममा उपस्थित भैदिनुहुन हामी गैह्र आवाशिय संघ, यसका सदस्य, नेत्रित्वकर्ता लगायत सबै संघसंस्थासमक्ष हार्दिक अनुरोध गर्न चाहन्छौं । मन्दिर ब्यापारिक मेला भित्रै राखिने भएकाले मेला प्रवेश दस्तुर १० युरो लाग्ने भएतापनि मन्दिर उद्घाटनको समयमा पाल्नुहुनेकालागि निशुल्क प्रवेशको ब्यवस्था मिलाइएको छ ।

अन्तर्क्रिया कार्यक्रम

मिति – २१ अप्रिल २०१७

समय – दिनको साँढे एक बजे

स्थल – Lungotevere Testaccio 10,

00153 Rome, Italy

मन्दिर उद्घाटन

स्थल – Viale Alexandre Gustave Eiffel , 79

00148 Ponte, Rome

Galeria RM

उद्घाटन हुने मिति र समय – २२ अप्रील, विहान ९ बजे