४ बैशाख २०८१, मंगलवार
Follow Us

यस्तो निर्णय आयो मन्त्रिपरिषद्को

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७४, बिहीबार १५:०२

काठमाडौं । सरकारले धुर्मुस–सुन्तली फाउण्डेसनले महोत्तरीमा निर्माण गरेको मुसहर बस्तीको जग्गा दर्तामा राजश्व छुट दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले बर्दिवासको मुसहर बस्तीको जग्गा र घरको मालपोतमा दर्ता गर्दा लाग्ने शुल्क छुट गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले अन्तरजातीय विवाह गरेको आरोपमा हत्या गरिएका काभ्रे पाँचखालका अजित मिजारको परिवारलाई न्याय मिल्ने गरि दोषीमाथि कारवाही अगाडि बढाउन गृह मन्त्रालयलाई निर्देशन पनि दिएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइली नेतृत्वको छानविन समितिको सिफारिसको आधारमा सरकारले दोषीलाई कारवाही गर्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषद्ले मिजार परिवारलाई राहत स्वरुप दस लाख रुपैयाँ र परिवारका सदस्यलाई निःशुल्क शिक्षा दिने पनि निर्णय गरेको छ । बैठकले नेपाली सेनाका प्रमुख सेनानी गौरबकुमार केसीलाई महासेनानीमा बढुवा गर्दै सिन्धुलीको दुम्जामा बीपी कोइराला र रामेछापमा पुष्पलाल स्मृति पार्क बनाउने निर्णय पनि गरेको छ । यूरोपियन यूनियनलाई जग्गा खरिदका लागि अनुमति दिएको बैठकले प्रधानसेनापति राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमण पनि स्वीकृत गरेको छ ।