७ बैशाख २०८१, शुक्रबार
Follow Us

दूतावासले केही नेपालीलाई उद्धार गरी स्वदेश फर्कायो

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७४, शुक्रबार ०६:५३

काठमाडौं । मलेसियास्थित नेपाली दूतावासले मलेसियाको स्थानीय बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीलाई बुधबार नेपाल फर्काएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा त्यहाँ दुःख पाइरहेको अवस्थामा उनीहरुको उद्धार गरी सरकारबाट उपलब्ध बजेटबाट हवाईटिकट खरिद गरी स्वदेश फर्काएको जनाइएको छ ।
सोही विज्ञप्तिमा मलेसियाली नागरिकको हत्याको आरोपमा मृत्युदण्डको सजाय खेपिरहेका नेपाली लालबहादुर तामाङको पक्षमा कानुनी परामर्शदाताबाट बहस गराई निर्दोष सावित गरी स्वदेश फर्काएको पनि जनाइएको छ । सन् २०१५ देखि मलेसियामा सेक्युरिटी गार्डमा काम गर्दै आएका सिन्धुपाल्चोकका तामाङलाई पनि नेपाल फर्काइएको छ ।
यसअघि गत चैत २४ गते सोही दूतावासले नुवाकोटका बिफ लामा तथा सिन्धुलीका लीला भोलन तथा भोजपुरका जयकुमार खवासलाई गत चैत ३० गते उद्धार गरी स्वदेश फर्काएको उल्लेख गरिएको छ । गत चैत १६ मा झापाका पदमबहादुर तामाङ, धनकुटाका धीरेन्द्र याक्खा तथा तनहुँका कमलबहादुर भुजेललाई पनि दूतावासले सहयोग गरी नेपाल फर्काएको विज्ञप्तिमा भनिएको छ ।