१५ चैत्र २०८०, बिहीबार
Follow Us

कुल आचार्यद्धारा एनआरएनए उपाध्यक्ष पदको दावी

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७४, शुक्रबार ११:३५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोप संयोजक कुल आचार्यले संघको आगामी अक्टोवरमा काठमाण्डौंमा हुने विश्व सम्मेलनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने वताएका छन् ।

आचार्यले पत्रकार बसन्त रानाभाटसंगको एक अन्तरवार्तामा आफुले यूरोप संयोजकको जिम्मेवारी समालि सकेको अनुभवको आधारमा पदाधिकारी पद मध्य उपाध्यक्षमा उम्मेदवारी दिने सम्भवना रहेको वताए ।

उनले भने ‘मेरो चहाना संघको पदाधिकारी मध्य एक पदको जिम्मेवारी लिएर काम गर्ने हो साथीहरुले के सल्लाहा दिनुहुन्छ त्यही अनुसार अगाडि बढ्ने हो’ । आचार्यले ‘सबैसँग छलफल गरेर संघको हितमा हुने गरि आफ्नो उम्मेदवारीको बारेमा उदार दिलले छलफल गर्न तयार रहेको’ वताए ।

उनले गैरआवासीय नेपाली संघको आसन्न निर्वाचन अघि हुने कोठे बैठकलाई स्वभाविक भनेका छन् ।
स्पेनको वार्षिलोनामा नेपाली कांग्रेसको एक भेलामा सहभागी हुनु पुगेका आचार्यले संघ भित्र राजनीतिक दललाई निषेध गर्न नहुने तर्क गर्दै सबै राजनीतिक दलहरुलाई संघ भित्र स्वागत गर्ने वताए ।

संघको विश्वसम्मेलन नजिकिदैं गर्दा विभिन्न राष्ट्रिय समितिबाट उम्मेदवारी घोषणाको लहर लाग्ने सम्भवना बढेको छ । यसअघिनै संघको अध्यक्ष पदका लागि उपाध्यक्षद्धय कुमार पन्त र भवन भट्टले दावी गरेका छन् ।
आचार्यसंग पत्रकार रानाभाटले गरेको अन्तरवार्ता