१२ बैशाख २०८१, बुधबार
Follow Us

बेलायती संसदमा सप्तरी घटनाबारे छानबिन हुनुपर्ने माग

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७४, शुक्रबार १५:३३

काठमाडौं । बेलायती सांसद एन्न क्लाउडले ब्रिटिस संसदमा नेपालको सप्तरीमा भएको घटनाको छानविन हुनुपर्ने बताएकी छन् । नेपालबारे प्रस्ताव दर्ता गर्दै उनले संविधान संशोधनपछि मात्रै नेपालमा स्थानीय निर्वाचन हुनुपर्नेमा समेत जोड दिएकी हुन् । साइनन् उपत्यकाबाट संसदमा प्रतिनिधित्व गर्ने लेबर पार्टीकी सांसद क्लाउडले तराई क्षेत्रमा सुरक्षाकर्मीबाट अत्यधिक बलको प्रयोग हुनु चिन्ताजनक रहेको र नेपालको सुरक्षा अंगलाई कुनै पनि सहयोग दिनुअघि उनीहरुको काम अन्तर्राष्ट्रिय मानव अधिकारको मापदण्डअनुकुल भए/नभएको विश्लेषण गर्नुपर्ने पनि बताइन् ।
साथै राजनीतिक कार्यकर्ता र प्रदर्शनकारीलाई आफ्ना गतिविधिलाई शान्तिपूर्वक सञ्चालन गर्न आग्रह पनि गर्नुपर्ने उनको प्रस्ताव छ । सांसद क्लाउडले वैशाख ३१ गते हुने निर्वाचन अघि संविधान संशोधन हुनुपर्नेमा जोड दिएकी छन् । संविधानमा संशोधन नभएमा तराई क्षेत्रको रुपमा परिचित मैदानी दक्षिणी क्षेत्रका अल्पसंख्यक मधेसी सीमान्तकृत भइरहने उनको भनाइ थियो ।
केही समयअघि दीपेन्द्र झासहितका अधिकारकर्मीले क्लाउडलगायत सांसदलाई भेट्दै मधेसमा राज्य पक्षबाट अतिरिक्त बल प्रयोग भएको भन्दै मानव अधिकार हननको विषय उठाइदिन आग्रह गरेका थिए ।