१३ बैशाख २०८१, बिहीबार
Follow Us

राप्रपाले बैशाख ११ गतेसम्म घोषणा–पत्र सार्वजनिक गर्ने

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७४, शुक्रबार १५:३५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागि हुन आह्वान गरेको छ । केन्द्रीय कार्य समितिको आजको आकस्मिक बैठकले मधेस केन्द्रित दललाई समेत निर्वाचनमा सहभागी हुने विश्वसनीय वातावरण सिर्जना गर्न सरकार र प्रमुख दललाई आह्वान गर्दै प्रदर्शन गरेर भएपनि निर्वाचनमा सहभागी हुन मोर्चालाई आग्रह गरेको हो ।
बैशाख ११ गतेसम्म निर्वाचन घोषणा–पत्र सार्वजनिक गर्ने निर्णय गरेको बैठकले कमल थापाको अध्यक्षतामा १७ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । समितिमा वरिष्ठ नेताद्वय लोकेन्द्रबहादुर चन्द र पशुपति शम्शेर राणा, दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे छन् ।
रामचन्द्र राय, ध्रवबहादुर प्रधान, राजेन्द्र लिङदेन, धवलशम्शेर राणा, सुनिलबहादुर थापा, जयन्त चन्द, नवराज सुवेदी, बालाराम घर्तीमगर र हरिबहादुर बस्नेत पनि कार्य सम्पादन समितिका सदस्य हुन्