८ बैशाख २०८१, शनिबार
Follow Us

‘शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष विशेष कार्यक्रम सम्पन्न

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७४, शुक्रबार १६:४६

शान्ति नेपाली समाज बेलायत को आयोजनामा नेपाली नयाँ वर्ष २०७४ को सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्री कोशलेश्वर ढकालको सभापतित्व तथा महामहिम राजदुत डा. दुर्गा बहादुर सुवेदी द्वारा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको शुभआरम्भ गरिएको हो।

कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधि, बुद्दिजिबि वर्ग लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ५०० जना भन्दा बढीको संख्यामा नेपालीहरुको उपस्थिति रहयो। साथै कार्यक्रममा संस्थाका उपाध्क्षय भोजराज भण्डारीले स्वागत मन्तब्य राखेका छन्। नेपाली सहिदहरूको सम्झनामा मिनेट मौन धारण गरी राष्ट्रिय गान गाउँदै कार्यक्रम अगाडी बढेको थियो।

मनमोहक बातावरणमा उपस्थित सबै मा नयाँ वर्षको सुभकामना आदान-प्रदान भएको थियो्र कार्यक्रममा चर्चित राष्ट्रिय लोक तथा दोहरी गायक राजु ढकाल, लोक तथा दोहोरी गायिका जानकी तारामी मगर तथा चर्चित मोडेल रेश्मी तामाङ, पप तथा रयाप गायक नबु घलेले उपस्थित सबैलाई विभिन्न किसिमका लोक तथा दोहोरी गीतहरु तथा नाचगान गरेर भरपुर मनोरन्जन गराएका हुन्।

साथै नेपाली पोशाक मा सजिएका स्थानीय कलाकार हरुले बिभिन्न नेपालको मौलिकता झल्काउने नाचगान गरि रमाइलो गरेका थिए साथै कार्यक्रममा राफल पनी खेलिएको थियो । राफल कार्यक्रम सम्पूर्ण उपस्थित नेपालीहरु एकैसाथ भाग लिन सक्ने कार्यक्रम भएको हुनाले सम्पूर्ण उपस्थित महानुभावहरुले राफलमा सहभागिता जनाएका थिए।

राफल अतिनै आकर्षक वातावरणमा सम्पन्न भएको थियो र कन्याको हातबाट राफलको नतिजा निकालेर प्रथम, दुतीय, तृतीय हुनेलाई आकर्षक पुरस्कार पनि वितरण गरियो । साथै सस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति कोशलेश्वर ढकालले आफ्नो मन्तब्यका क्रममा नयाँ बर्षको शुभकामना दिएका दिए भने संस्थाले यस वर्ष गरेका दैविक प्रकोप, स्वास्थ्य क्षेत्र तथा गरिब, निमुखा बालबालिकालाई संंस्थाले गरेको सहयोगको बारेमा सबैलाई जानकारी गराएका थिए।

साथै आगामी दिनहरुमा पनि अझै धेरै राम्रा कामहरु गर्न को लागि सबैबाट सुझाव,सल्लाह को अपेक्षा राखेको र सबैलाई आ –आफ्नो ठाउँबाट सक्दो सहयोगको गरिदिनुहुन अनुरोध पनि गरेका छन्। कार्यक्रममा महामहिम डा. दुर्गा बहादुर सुवेदीले नयाँ वर्षको सुभकामना दिँदै संस्थाले बिभिन्न सेवामुलक काम गरेको सुन्दा धेरै खूशी लागेको र भविष्यमा यस्तै काममा संस्थालाई आफ्नो सधै साथ रहने प्रतिबद्धता ब्यक्त गरेका छन्।