१५ चैत्र २०८०, बिहीबार
Follow Us

चन्दा बोलेर नदिनेलाई एनआरएनमा उम्मेदवार बन्न नदिइने

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७४, शुक्रबार १७:४५

लण्डन। गैरआवासीय नेपाली संघको काठमाण्डौमा बन्दै केन्द्रीय कार्यालय भवन निर्माण, वैदेशीक रोजगार कोष लगायतका परियोजनामा वोलेको रकम सहयोगदाताले नदिए पछि त्यस्ता दाताको आलोचना हुन थालेको छ ।
गैरआवासीय नेपाली संघ बेल्जियको आयोजनामा शुक्रवार भएको एक अन्तरक्रियामा सहभागीहरुले सहयोग बोलेर नदिनेलाई गैरआवासीय नेपाली संघको राष्ट्रिय समिति र आगामी अक्टोवरमा हुने विश्व सम्मेलनमा उम्मेदवार हुनबाट रोक्नु पर्ने आवाज उठाए ।

गैरआवासीय नेपाली संघका महासचिव डा. बद्री केसी र महिला संयोजक सपिला राजभण्डारीको आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले संघले पछिल्लो पटक साधारण सदस्यको शुल्क ५ डरलबाट १५ डलर बढाउनुको औचित्य माग गरे ।

कार्यक्रममा बोल्दै संघका महासचिव केसीले साधारण सदस्यताको शुल्क बृद्धी नगरिएको जानकारी दिदैं गैरआवासीय नेपाली संघको काठमाण्डौंमा बन्ने एनआरएन भवनको लागि प्रत्येक साधारण सदस्यबाट १० डलरको सहयोगका लागि आग्रह गरिएको वताए ।

केसीले गैरआवासीय नेपाली संघले १ लाख भन्दा बढी साधारण सदस्यहरुको अभिलेख तयार गर्दै संघलाई प्राविधीक रुपमा दक्ष बनाउन लागिएको जानकारी दिए । उनले संघको भवन निमार्णको लागि १८ करोडको प्रतिबद्धता आए पनि ११ करोड रुपैयाँ मात्र खातामा जम्मा भएको जानकारी दिदैं आफ्नो हैसियत भन्दा माथि उठेर बोल्ने सहयोगदाताले रकम नदिएको गुनासो गरे ।
18034031_10211324532443351_2309532997945526064_n

संघको वेबसाइटमा राखिएको बिबरणअनुसार युरोपबाट झण्डै ५ करोड ९५ लाख ३ हजार ८ सय ८७ रुपैयााको प्रतिबद्धता जनाइएकोमा हालसम्म ३ करोड ४७ लाख ६ हजार ४ सय ४५ रुपैयाँमात्र संघको खातामा जम्मा भएको छ । गैरआवासीय नेपाली संघले आगामी अक्टोबरभित्र भवन निर्माण सम्पन्न गर्नेगरी धमाधम निर्माण कार्य अगाडी बढाइरहेको बेला यता कतिपय पदाधिकारी भने आफ्नो चुनावी रणनिती वनाउन हिडेका छन् । कतिपयले आफुखूसी उम्मेदवारी घोषणा गरिसकेका छन् ।

कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघको महिला विभाग प्रमुख सपिला राजभण्डारीले संघभित्र केन्द्रद्धारा प्रस्तावित परियोजनाको कार्यन्वयन गर्ने बारेमा विधान स्पष्ट नभएको वताइन् ।
गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधार गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संघका सचिव अर्जुन श्रेष्ठ लगायतले बोलेका थिए ।