१२ बैशाख २०८१, बुधबार
Follow Us

अरुण थुनिएकाले सतर्क रहन आग्रह

नेपालब्रिटेन डट कम्
८ बैशाख २०७४, शुक्रबार १७:५५

भोजपुर । अरुण नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले प्रभावित स्थानका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
दुई दिनदेखि अरुण नदी थुनिएर बनेको ताल फुटेर हुन सक्ने सम्भावित दुर्घटनाबाट सतर्क रहन प्रशासनले भोजपुर जिल्लाको नदी किनार आसपास साल्पासिलिथो गाउँपालिका, अरुण गाउँपालिकाको लेगुवा बजार र षडानन्द नगरपालिकाको देउरालीका बासिन्दालाई आग्रह गरेको हो ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको आज बसेको आकस्मिक बैठकले ताल फुटेर हुन सक्ने खतराबाट सजग हुन सर्वसाधारणलाई सूचना गर्ने र नदीको किनारमा माछा मार्न, गाईवस्तु चराउन, डुङ्गामा आवतजावत गर्नसमेत रोक लगाउने निर्णय गरेको समितिका संयोजक एवम् प्रजिअ गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । बिहीबार गेगरसहितको बाढीले सङ्खुवासभाको अरुण नदीमा झन्डै तीन किमीको तलाउ बनाएको छ ।