८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डको अधिबेशन सम्पन्न

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७४, शनिबार ०४:५४

स्वीट्जरल्यान्ड । नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डको चौथो अधिबेशन सफल सम्पन्न भएकोछ। १६ अप्रिल २०१७( तदनुसार बैशाख 3 गते २०७४) गते स्वीट्जरल्यान्डको राजधानी बर्न शहरमा भएको थियो। समितिका अध्यक्ष राम कुमार महतोको सभापतित्वमा महामन्त्री तिलक थापाले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथि, सभापति लगायत अतिथिहरु संगै संयुक्त दीप प्रज्वलन गरेर जन सम्पर्क समिति स्वीट्जरल्यान्डको चौथो अधिबेशन शुरु गरिएको थियो।
नेपाली काङ्ग्रेसले आफ्नो स्थापना देखि प्रतिपादन गरेको राष्ट्रियता,लोकतन्त्र र समाजवादका आदर्श, मुल्य र मान्यताका आधारमा न्यायपूर्ण,गतिशील, स्वतन्त्र र समतामूलक समाजको स्थापनाको लागि देखाएको प्रतिबद्धता र यस पार्टीका नेता तथा कार्यकर्ताले गरेको त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई निरन्तरता दिन बलिदान हुने एवं हिंसात्मक द्वन्द्वको बेलामा समेत पार्टी सिद्धान्त र मुलुकमा स्थायी शान्तिको निमित्त जीवन उत्सर्ग गर्ने सहिद साथीहरूको सहादतलाई सम्मान गर्दै एक मिनेट मौनधारण गरिएको थियो। नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डका उपाध्यक्ष श्याम कृष्ण सापकोटाले स्वागत मन्तव्य गर्नु भएको थियो।
नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट केन्द्रिय प्रतिनिधिका रुपमा प्रमुख अतिथि नेपाली जन सम्पर्क समिति बेल्जियमका सस्थापक अध्यक्ष ध्रुव राज पौडेल उपस्थित हुनु भएको थियो। पौडेलले शुभकामना मन्तव्य राख्दै बिदेशमा नेपालीहरुको कुनै किसिमको कार्यक्रममा अभिभावकको रुपमा राजदुतावासबाट पनि प्रतिनिधित्व हुनु पर्ने बताउनु भएको थियो। विभिन्न देशहरूमा स्थापित नेपाली जन सम्पर्क समितिहरुले केन्द्रिय पार्टीको लागि सकिने सहयोग गरिनु पर्ने पनि बताउनुभयो।
नेपाली जन सम्पर्क समिति युरोप समन्वय समिति सहमहामन्त्री एवं स्वीट्जरल्यान्डका निवर्तमान अध्यक्ष गुणराज शर्माले आफ्नो कार्यकालमा भएको अनुभव र समितिको लागि निरन्तर योगदान सहयोग रहिरहने बताउनु भयो। शर्मा चौथो अधिबेशनको लागि निर्वाचन समिति संयोजक हुनु हुन्थ्यो।
सर्वसम्मतिबाट श्याम कृष्ण सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध गठन गरिएको थियो। कार्यसमितिमा उपाध्यक्ष प्रकाश पौडेल, महामन्त्री तिलक थापा, सहमहामन्त्री सरोज घिमिरे, कोषाध्यक्ष बिरु गुरुङ्ग र सदस्यहरूमा कात्यायनी न्यौपाने, रेशम खत्री, बिजय बाबु शर्मा र दिपेन्द्र रावत निर्वाचित भएका छन। समितिको संरक्षकमा निवर्तमान अध्यक्ष राम कुमार महतो र प्रबक्तामा समितिबाट बिजय बाबु शर्मालाई चयन गरिएको छ।
अधिबेशनमा नेपाली जन सम्पर्क समिती स्पेनका सस्थापक अध्यक्ष चिन्तामणी सापकोटा,नेपाली जन सम्पर्क समिति नेदरल्याण्डका बरिस्ठ सल्लाहकार हरि पौडेल, गैरआवासीय नेपाली संघ स्वीट्जरल्यान्डका अध्यक्ष हिरा बल गुरुङ्ग,नेपाली प्रबासी मञ्चका अध्यक्ष सञ्जय मुड्भरी,नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष श्याम घले, नेपाल पत्रकार महासङ्घका सस्थापक अध्यक्ष डडी सापकोटा, गैरआवासीय संघ स्वीट्जरल्यान्डका निवर्तमान अध्यक्ष धर्म गुरुङ्ग र बेर्न समाज स्वीट्जरल्यान्डका अध्यक्ष बिष्णु प्रसाद थापाले शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा चौथो अधिबेशनबाट निर्वाचित समिति घोषणा गर्नु भन्दा अघि समितिका महामन्त्री तिलक थापाले प्रगति प्रतिबेदन पढेर र समितिमा मुनाफा रहेको आर्थिक बजेट सुनाउनु भएको थियो। आगामी कार्यकालको लागि नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिदै, नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डको चौथो अधिबेशनलाई सफल सम्पन्न गराउन उपस्थित हुनु हुने प्रतिनिधि प्रमुख अतिथि, विभिन्न सघ सस्थाका अतिथिहरु,हल ब्यबस्थापन गर्नु हुने समितिका सदस्य नारायण कडेल लगायत सम्पुर्ण स्वीसबासी हरुलाई नेपाली जन सम्पर्क समिति स्वीट्जरल्यान्डको धन्यवाद दिदै चौथो अधिबेशनका सभापति राम कुमार महतोले कार्यक्रम समापन गर्नु भएको थियो।
– तिलक थापा