६ बैशाख २०८१, बिहीबार
Follow Us

आजको राशीफल हेर्नुस्

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७४, शनिबार ०५:०६

आज मिति २०७४ बैशाख ९ गते, शनिवार । तदनुसार २२ अप्रिल, २०१७, एकादशी । तपाईको आज कस्तो रहला त ? आउननुहोस् आजको राशिफल हेरौंः

मेषः आफन्तहरुको सहयोगमा काम पूरा हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ ।

वृषः लामो समयपछि आफन्तसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । काम गर्ने तरिकामा सुधार आउनेछ । लेनदेनमा भने विवाद बढ्ने देखिन्छ ।

मिथुनः बिश्वास गरेकाले साथ दिनेछन । सोचे भन्दा खर्च बढ्नेछ । नोकरीमा पदोन्नति हुने योग रहेको छ । पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ ।

कर्कटः नयाँ जागिरको योग रहेको छ । नसोचेको काममा सफलता मिल्नेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । साझेदारी ब्यबसायमा झमेला आउनेछ ।

सिंहः रोकिएका अधुरा कामहरु सफल हुनेछन । शत्रुहरु पराजित हुनेछन । ठुला व्यक्तिको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ ।

कन्याः ब्यापार ब्यबसायबाट सोचे जति आम्दानी हुनेछ । बौद्धिक काममा सफलता मिल्नेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।

तुलाः नयाँ कामको प्रस्ताब आउनेछ । घरायसी काममा व्यस्त रहनुपर्नेछ । साथीभाईको सहयोग मिल्नेछ । स्वास्थ्यमा समस्या आउने हुँदा खानपिनमा ध्यान दिनुहोला ।

वृश्चिकः राज्यबाट मानसम्मान मिल्नेछ । शुभ समाचार सुन्नपाइनेछ । ठुला व्यक्तिको सहयोग मिल्नेछ । बोल्दा विचार पुर्याउनुहोला ।

धनुः अरुबाट आलोचित हुनुपर्नेछ । राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन । पारिवारिक भेटघाटमा मन रमाउनेछ ।

मकरः धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । काममा गरेका प्रयासहरु खेर जानेछन ।

कुम्भः भाग्य बलियो भएकाले गरेको काममा सफलता मिल्नेछ । ठुला व्यक्तिको सहयोगमा नयाँ काम बन्नेछ । यात्रामा समस्या आउने देखिन्छ ।

मीनः सोचेको आटेको काममा सफलता मिल्नेछ । बैदेशिक ब्यापारमा सफलता मिल्नेछ । शत्रु बढ्ने देखिन्छ भने बिश्वास गरेकाले धोका दिन सक्छन ।
– ओजराज लोहनी उपाध्याय