१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महासङ्घ काठमाडौंको निर्वाचन आइतबार

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७४, शनिबार ०५:४८

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडाँैको नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुने भएको छ । शुक्रबार शाखाको १० आँै अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी गराउनुभयो ।
निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ । आइतबार निर्वाचनका लागि आज उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने छन् । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । शाखा कार्यालय भृकुटीमण्डपमा कार्यसमितिका लागि बिहान ११ देखि १ बजेसम्म र केन्द्रीय पार्षद् तथा प्रदेश पार्षद्का लागि बिहान २ देखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन गराउने समय तोकिएको पोखरेलले जानकारी गराउनुभयो ।
नयाँ नेतृत्वका लागि शन्तराम बिंडारी र रामकृष्ण अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । चैतमा हुनुपर्ने अधिवेशन सदस्य विवादका कारण रोकिएको थियो । शाखामा करिब एक हजार तीन सय ५० मतदाता छन् ।