१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मुस्ताङको कागबेनीमा बस दुर्घटना, पाँच जनाको मृत्य, सबैको सनाखत

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७४, शनिबार १२:५५

मुस्ताङ । मुस्ताङको कागबेनीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलका अनुसार मृत्यु हुनेमा काठमाडौं–३५ का भोला अधिकारी, काठमाडौं कोटेश्वरका पुरुषोत्तम ढकाल, भक्तपुर, चाँगुनारायणकी सीता तिमिल्सिना, काठमाडौं कागेश्वरीकी कान्ति खड्का र ललितपुर, इमाडोलकी लिला खड्का रहेका छन् ।
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ना ५ ख ६०६७ नम्बरको बस कागवेनीको उकालोमा दुर्घटना भएको हो । म्याग्दी बस सञ्चालक समितिद्वारा सञ्चालित बसमा ३५ यात्रु सवार रहेको बताइएको छ । बसमा सवार अघिकांश यात्रु घाइते भएको जनाईएको छ । १५ जना गम्भिर घाईतेलाई उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिएको प्रजिअ पोखरेलले बताए । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु घटनास्थल पुगी घाइतेहरुको उद्धार गरेका थिए ।